काठमाडौं, चैत १५
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको शान्ति र अमन चयन भड्काउने क्रियाकलाप वर्तमान सरकारका लागि स्वीकार्य नहुने चेतावनी दिएका छनन् । जैन धर्मका प्रर्वतक भगवान महाविरको २६ सय १७ औ जन्मदिवसको अवसरमा आज राजधानीको जैन भवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो चेतावनी दिएका हुन् ।
नेत्र विक्रम विप्लव चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्ना गतिविधिलाई तिब्रता दिईरहेका बेला प्रधानमन्त्री ओलीले कसैले आफ्नो स्वार्थ, अंह र जिद्धिका लागि बनाएको सिद्धान्त र तीनका क्रियाकलाप सरकारलाई स्वीकार्य नभएको बताए ।
प्रधानमन्त्री ओलीले शान्ति तर्फको एउटा पाईला अन्र्तगत महाविर जैनको जन्मदिनमा काटमार नगर्ने विषयलाई सरकारले प्राथमिकताका साथ अघि लैजाने विश्वास दिलाए ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता गगन थापाले केही दिनयता नियतबस जातजाति र धर्मका नाममा उत्तेजित पार्ने काम भइरहेको भन्दै सरकारले समयमै यस्ता दुश्प्रयासलाई रोक्नुपर्ने बताए ।
उनले सनातन मूल्य मान्यताको परिधिभित्र रहेर सहअस्तित्वको अभियानलाई सबैले आ–आफ्नै स्थानबाट संकल्पका साथ अघि लैजानुपर्नेमा जोड दिए ।