विराटनगर, चैत १६
बल टेम्परिङको विवादका कारण अष्ट्रेलियन क्रिकेटर डेविड वार्नर स्वदेश फर्किएका छन् । अष्ट्रेलियन क्रिकेट टिमका प्रशिक्षक ड्यारेन लेमनले पदबाट राजिनामा दिएको केही घण्टापछि सिड्नी विमानस्थलमा पुगेका वार्नरले आफू आरम गर्ने र त्यसपछी मात्र प्रतिक्रिया दिने बताएका छन् ।
सञ्चारमाध्यामको निगरानीमा नपरियोस् भनेर राति अबेर सिड्नी विमानस्थलमा ओर्लिएका वार्नरलाई केही मिडियाले कुरेरै बसेका थिए । विमानस्थलमा नै कुरेर बसेका सञ्चारकर्मीसँग कुरा गर्दै वार्नरले आफूले केही दिनमा पूर्ण प्रतिक्रिया दिने बताए ।
श्रीमती र दुईवटा छोरीसँगै स्वदेश फर्केका वार्नरको आँखामा आँसु देखिएको थियो । साथै उनकी श्रीमती कान्डिस भने निकै भावुक भएकी थिइन् । भावुक मुद्रामा देखिएका वार्नरसँग मिडियाले कुराकानी गरिरहँदा उनकी श्रीमती भने रोएकी थिइन् । उनलाई सम्हाल्नका लागि वार्नरले गेट बाहिर लगेका थिए ।
बल टेम्परिङको विवादका कारण स्टिभ स्मिथले आफ्नो भनाई राखिसकेका छन् । अष्ट्रेलियन क्रिकेट बोर्डले स्मिथ र वार्नरलाई एक एक वर्षको प्रतिबन्ध लगाएको छ । यस्तै बलर क्यामरुन बेनक्राफ्टले पनि पत्रकार सम्मेलनमा गल्ती स्वीकारीसकेका छन् ।