Nepal Times
Nepal Times
3
Shares

स्टेफेन्स मायामी ओपन टेनिसको फाइनलमा

स्टेफेन्स मायामी ओपन टेनिसको फाइनलमा

विराटनगर, चैत १६
पुर्व विश्व नम्बर एक भिक्टोरीया अजरेन्कालाई हराउँदै अमेरिकी खेलाडी मियामी ओपन टेनिसको फाइनलमा प्रवेश गरेकी छिन् । यूएस ओपन च्याम्पियन स्लोनी स्टेफेन्सले उत्कृष्ट कमब्याक गर्दै अजरेन्कालाई पराजित गरिन् ।

 

अहिले १३ औं बरियतामा रहेकी स्लोनीले बेलारुसी खेलाडी अजरेन्कालाई ३–६, ६–२ र ६–१ को सेटमा पराजित गरिन् । तीन पटककी मियामी ओपन विजेता अजरेन्काले पहिलो सेट सहज रुपमा जितेपछि दोस्रो र तेस्रो सेटमा भने राम्रो खेल्न सकिनन् । जसका कारण अहिले एक सय आठौं बरियतामा रहेकी अजरेन्का प्रतियोगिताबाट बाहिरीइन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.