Nepal Times
Nepal Times
3
Shares

सन्दिपको अभ्यास नियाल्दै रिकि पोन्टीङ

सन्दिपको अभ्यास नियाल्दै रिकि पोन्टीङ

विराटनगर, चैत १६
इन्डियन प्रिमियरको बन्द प्रशिक्षणका लागि दिल्लीमा रहेका सन्दिपले आफ्नो प्रभाव टिममा देखाउन सुरु गरेका छन । दिल्लीका प्रशिक्षक रिकी पोन्टिङले पनि सन्दिपका बारेमा प्रशंसा गरेका छन । पोन्टिङले सन्दिपमा धेरै प्रतिभा रहेको बताउँदै उनि राम्रो खेलाडी भएको प्रतिकृया दिएका छन् ।

 

दिल्लीको बन्द प्रशिक्षणमा बिहिबारमात्र सामेल भएका पोन्टिङले सन्दिपको बलिङलाई नजिकबाट नियालेको भारतीय सञ्चारमाध्यमले जनाएका छन । आईपिएलमा सन्दिपले खेल्न पाउछन की पाउँदैनन भन्ने कोतुहलता बढीरहेका बेला पोन्टिङको भनाईले उनि प्लेइङ ११ मा पर्नसक्ने संकेत देखिएको छ ।

यता सन्दिपले दिल्ली पुगेपछि सिनियर स्पिनर अमित मिश्राको बारेमा बारम्बार तारिफयोग्य भनाई राख्दै आएका छन । अप्रील ७ तारिखदेखि सुरु हुने आइपिएलका लागि दिल्ली यतिबेला फिरोज शाह कोट्ला मैदानमा बन्द प्रशिक्षणमा रहेको छ । जुन उसको होम ग्राउण्ड पनि हो ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.