Nepal Times
Nepal Times
3
Shares

बल टेम्परिङको विवादमा अष्ट्रेलियन प्रशिक्षकको पनि राजिनामा

बल टेम्परिङको विवादमा अष्ट्रेलियन प्रशिक्षकको पनि राजिनामा

विराटनगर, चैत १६
बल टेम्परिङको विवादका कारण कप्तान स्टिभ स्मिथ र उपकप्तान डेविड वार्नरले राजिनामा दिएको केहि दिनपछि प्रशिक्षक डारेन लेमनले पनि पद त्यागेका छन । बल टेम्परिङका कारण विश्व क्रिकेटमा तहल्का मच्चाएको यो विवादले अझैपनि साम्य हुने नाम लिएको छैन ।

 

कप्तान स्मिथ र उपकप्तान वार्नरका साथै बलर क्यामरुन बनेक्रोफ्टलाई अष्ट्रेलियन क्रिकेटले क्रमश एक बर्ष र नौ महिनाको प्रतिबन्ध लगाएको अर्को दिन प्रशिक्षक डारेनले पद त्यागेका छन ।

यो घटनामा प्रशिक्षक डारेन पनि संलग्न रहेको आंशका गरिएको थियो । तर अन्तिममा उनी कारवाहीबाट बचेका थिए । तर कप्तान स्मिथ र बलर क्यामरुनले कारुणीक पत्रकार सम्मेलन गरेको देखेपछी डारेनले पनि पद त्याग्ने घोषणा गरेका हुन ।

उनले राजिनामाको घोषणा गर्दै राष्ट्रिय टिमलाई नयाँ कोचको आवश्यकता रहेको बताएका छन । ४८ बर्षे डारेनमाथि पनि अनुसन्धान गरेपनि अष्ट्रेलियन क्रिकेटले कुनै दोष लगाएको थिएन । उनले भनेका छन प्रिय खेलाडीलाई गुडवाई भन्दा अहिलेसम्मकै कठिन क्षण भएको उनले बताएका छन ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.