×

NEPAL TIMES UPDATES

Playing
ओली एमाले भित्र कसरी बोझ बने ? || Nepal Times
Apr 29, 2026
Playing
प्रचण्डमाथि भर छैन, ओली हटाएर एमाले पुनर्गठन गर्ने, जनतासंग माफी माग्ने || Nepal Times
Apr 29, 2026
Playing
नेपाली फुटबलमा ब्ल्याकआउटको खतरा, को हो दोषी ?|| Nepal Times
Apr 29, 2026
Playing
इरा*न ध्व*स्त हुने अवस्थामा, यूएई ओपेक बाहिर, आ*त्म*घाती रणनीतिमा किम खुसी|| Nepal Times
Apr 29, 2026
Playing
सुदनमाथि अर्काे अन्याय || Nepal Times
Apr 29, 2026
Playing
के साँच्चै बादल चोर्न सम्भव छ? प्रकृतिको प्रकोप कि राजनीतिक अस्त्र?|| Nepal Times
Apr 29, 2026
Playing
नेपाली सेनाले सुकुम्बासी बस्तीको विवरण किन खोज्यो?|| Nepal Times
Apr 29, 2026
Playing
राजदूत बन्न अब खुल्ला प्रतिस्पर्धा , भागबन्डाको सिन्डिकेट तोडिने || Nepal Times
Apr 29, 2026
Playing
Top 15 Afternoon News || April-29-2026 || Nepal Times
Apr 29, 2026
Playing
संसद्मा दुईतिहाइ हुँदा शासन किन अध्यादेशबाट ? || Nepal Times
Apr 29, 2026

भूकम्प स्मृति दिवसमा प्रधानमन्त्रीको सन्देश; कोरोनाले पुनर्निर्मित रानीपोखरी आजैका दिन उद्घाटन गर्ने योजना बिथोलियो

१२ बैशाख २०७७

१२ बैशाख, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले कोरोनाको संकटका कारण पुनर्निर्मित रानीपोखरी आजैका दिन उद्घाटन गर्ने योजना बिथोलिएको बताएका छन् ।

भूकम्प स्मृति दिवसमा दिन जारी गरिएको सन्देशमा उनले भनेका छन्, ‘…मल्लकालीन नासो रानी पोखरीको आजकै दिन पुनःनिर्माण सम्पन्न गरी उद्घाटनको तयारी थियो । नेपालको शैक्षिक जागरणको पहिलो विद्यालय दरबार हाइस्कूलको नवनिर्माण सम्पन्न भइसकेकाले त्यसको पनि सगौरव उद्घाटन हुने थियो, सिंहदरबारको रेट्रोफिटिङ र पुनर्निर्माण कार्य सम्पन्न भैसक्ने थियो ।’

Advertisement
Advertisement

भूकम्पपछिको राहत, उद्धार, पुनःनिर्माण तथा पुनःस्थापनाको काममा अघि बढेझै सबै नेपालीको जीवन रक्षाका लागि कोरोना भाइरसविरुद्धको लडाइमा एकताबद्ध हुन उनले सबैमा आग्रह गरेका छन् । उनले विषम परिस्थितिका बीच अनेकन दुःखकष्ट भोग्दै कोरोना रोकथाम तथा नियन्त्रणको अभियानमा जुटन पनि आग्रह गरेका छन् ।

“सदृश्य भग्नावशेष निर्माण गर्न जति गाह्रो हुन्छ, अदृश्य शत्रुसँग लड्ने कार्य त्यसभन्दा धेरै जटिल हुँदो रहेछ भन्ने हामी सबैले बुझिरहेकै छौँ”, सन्देशमा भनिएको छ, “यतिबेला विश्वका विभिन्न देशजस्तै हामी पनि अर्को विश्वव्यापी महाविपद् कोरोना भाइरसको महामारीविरुद्धको लडाइमा छौँ, त्यसैका कारण विगत एक महिनादेखि सिङ्गो देश लकडाउनमा रहन बाध्य भएको छ, लकडाउनका कारण पुनःनिर्माण तथा पुनस्र्थापनाका कार्यमा गम्भीर असर परेको सर्व्िवदितै छ, मलाई विश्वास छ, कोरोना भाइरस विरुद्धको यस लडाइमा हामी विनाशकारी भूकम्पपछि सिर्जित विपत्तिमा जस्तै संयम र साहसका साथ सामना गरेर अघि बढ्न सक्षम हुनेछौँ ।”

सन्देशमा सही नीति, सहकार्य र स्रोत व्यवस्थापन तथा परिचालनको प्रबन्ध मिलाएरै हामी यस लडाइमा विजयी हुनेछौँ भनिएको छ । प्रधानमन्त्री ओलीले पुनःनिर्माण तथा पुनःस्थापनाको अवधारणा र अपनाएको विधि विश्वका अरु देशका लागि पनि अनुकरणीय हुनसक्ने स्तरको रहेको र सबैको सहयोग, सहकार्य, दृढता र संकल्पकै कारण सम्भव भएको उल्लेख छ । पुनःनिर्माण तथा पुनःस्थापनामा सहयोग र्पुयाउनु हुने स्थानीय जनसमुदाय, राजनीतिक दल तथ जनप्रतिनिधि, निर्माणकर्मी, प्राविधिक, राष्ट्रसेवक, सञ्चारकर्मी एवं राष्ट्रिय तथा अन्तरराष्ट्रिय सहयोगी सबैलाई उनले धन्यवाद दिएका छन् ।

“अहिले लकडाउनका कारण सिङ्गो अर्थतन्त्र ठप्पप्रायः नै रहेको छ, यसले अर्थतन्त्रमा पार्ने नकारात्मक असरलाई न्यून गर्न आइपरेको यस संकटको सामना गरेर अघि बढ्नुको अर्को कुनै विकल्प पनि छैन”, विज्ञप्तिमा भनिएको छ, “यसबाट केही हदसम्म भूकम्पपछिको पुनःनिर्माणका बाँकी काम पनि प्रभावित हुनपुगेका छन्, आवश्यक स्वास्थ्य उपकरणको व्यवस्थासहित अवरुद्ध पुनःनिर्माणको प्रक्रियालाई सुचालु गर्ने प्रबन्ध मिलाउन जरुरी भइसकेको छ, पुनःनिर्माण कार्यमा कुनै ढिलाइ नहोस् भनी समन्वय र प्रबन्ध मिलाउन सरकार गम्भीर र संवेदनशील छ ।”

आजभन्दा ठीक पाँच वर्षअघि विसं २०७२ वैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेटमा गोरखाको बारपाकमा केन्द्रविन्दु भई विनाशकारी भूकम्प गएको थियो । भूकम्प र त्यसपछिका पराकम्पबाट करिब नौ हजार व्यक्तिले ज्यान गुमाउनुर्पयो भने मुलुकले करिब सात खर्ब रुपैयाँ बराबरको आर्थिक क्षति बेहोर्नुर्पयो ।

“त्यतिबेला कतिपय, यसरी पनि सोच्दै थिए, भूकम्पबाट क्षति पुगेका लाखौँको संख्याका निजी आवास, यतिधेरै सार्वजनिक संरचना र पुरातात्विक महत्वका धार्मिक एवं सांस्कृतिक सम्पदाको पुनःनिर्माण गर्न त सकिएला ? गल्र्याम्मै ढलेको धरहरा फेरि उभ्याउन सकिएला ? यसरी पनि तर्क गरिँदै थियो, १९९० सालको भूकम्पपछि नयाँ सडक बनेझै के अब पनि नयाँ सिर्जना हुनसक्लान् ?”, सन्देशमा भनिएको छ, “भूकम्पको लगत्तै एकापसमा सहकार्य र सहयोगमा जुट्यौँ पहिले उद्धार, अनि राहत र त्यसपछि पुनःनिर्माणको अभियानमा जुट्यौँ, ‘पहिलेको भन्दा राम्रो र त्यो भन्दा झन् बलियो’ भन्ने नाराका साथ पुनःनिर्माण अभियान थाल्यौँ ।”

“फर्केर हेर्दा आज, वितेका पाँच वर्षको अवधिमा भूकम्प प्रतिरोधी र आकर्षक कैयौँ संरचना बनाउन सफल भएका छौँ, निजी आवासतर्फ मात्रै हामीले करिब पाँच लाख घरको पुनःनिर्माण सम्पन्न गरिसकेका छौँ”, सन्देशमा भनिएको छ, “एक लाख ९० हजार घर पुनःनिर्माणको क्रममा छन्, हालसम्म नौ वटा एकीकृत बस्तीको पुनःनिर्माण सम्पन्न भई नै सकेका छन्, थप ७० वटाको योजना स्वीकृत भई पुनःनिर्माणको क्रममा छन् । यसरी व्यवस्थित र सुन्दर एकीकृत बस्ती बनिरहेका छन्, पाँच हजार ५९८ विद्यालयको पुनःनिर्माण सम्पन्न भएको छ ।”

हाल ६६९ वटा स्वास्थ्य संस्थाको पुनःनिर्माण सम्पन्न भएको छ भने १४५ पुनःनिर्माणको क्रममा छन् । सम्पदा क्षेत्रका १७० मध्ये १०१ सांस्कृतिक तथा पुरातात्विक सम्पदाको पुनःनिर्माण सम्पन्न भइसकेको छ । थप ५४ सम्पदा पुनःनिर्माणको क्रममा रहेका छन् । ३४९सरकारी भवनको पुनःनिर्माण गरिएको छ र ४९ पुनःनिर्माणको क्रममा छन् ।

भूकम्पपछि असुरक्षित स्थानमा रहेका चार हजारभन्दा धेरै लाभग्राहीलाई सुरक्षित स्थानमा जग्गा व्यवस्था गरी नयाँ बसोबासको प्रबन्ध मिलाइएको छ । करिब नौ हजार भूमिहीन तथा सुकुम्बासीलाई जग्गाको व्यवस्थापनसहित घर निर्माण गर्ने वातावरण मिलाइएको छ । ऐतिहासिक धरोहरका रुपमा रहेका धरहरा र रानीपोखरीको अत्याधुनिक र सुन्दर पर्यटकीय गन्तव्यका रुपमा नयाँ निर्माण कार्य अघि बढेको छ । धरहराको दशौँ तल्ला ढलान भइसकेको छ ।

सम्पदा क्षेत्रमा पुनःनिर्माण सम्पन्न भएका र निर्माणको क्रममा रहेका गरी ९१ प्रतिशत प्रगति हासिल भएको छ । ३२ जिल्लाका सम्पदाको पुनःनिर्माण ४३.७ प्रतिशत सम्पन्न भइसकेका छन् । काठमाडौँ उपत्यकाका सम्पदाको पुनःनिर्माण ५९ प्रतिशत सम्पन्न भएको छ । “यसबीचमा कोरोना भाइरसको महामारी नआएको भए हाम्रो धरहरा यसका थप दुई तल्ला अग्लो ढलान भइसक्ने निश्चित थियो, मल्लकालीन नासो रानी पोखरीको आजकै दिन पुनःनिर्माण सम्पन्न गरी उद्घाटनको तयारी थियो”, सन्देशमा भनिएको छ, “नेपालको शैक्षिक जागरणको पहिलो विद्यालय दरबार हाइस्कूलको नवनिर्माण सम्पन्न भइसकेकाले त्यसको पनि सगौरव उद्घाटन हुने थियो, सिंहदरबारको रेट्रोफिटिङ र पुनर्निर्माण कार्य सम्पन्न गरी त्यहाँ पूर्ववत् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालय स्थानान्तरणको तयारी गरिएको हुने थियो ।”

Advertisement

“सुरुदेखि नै विशेष सतर्कता अपनाएर कोरोना रोकथाम तथा नियन्त्रणका कार्य गर्दै आएका छौँ, यसबीचमा देखापरेका जुनसुकै समस्यालाई सही र सामयिक नीति, निर्णय र सुस्पष्ट योजनाका साथ सल्टाउँदै अघि बढेका छौँ, सबैको साथ, सहयोग र सजगताले गर्दा कोरोना भाइरसका कारण विश्वभर करिब दुई लाख मानिसले ज्यान गुमाउनुपरेको भए तापनि हामी कहाँ अहिलेसम्म मानवीय क्षति भएको छैन”, सन्देशमा भनिएको छ, “यस निम्ति हामीले समयमै चालेका कदमको सहीपना र नेपाली दिदीबहिनी तथा दाजुभाईको एकता र समझदारी मुख्य कारक रहेको छ, यसरी विषम् परिस्थितिका बीच अनेकन दुःखकष्ट भोग्दै कोरोना रोकथाम तथा नियन्त्रणको अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग र्पुयाउनुहुने सबैलाई म हार्दिक धन्यवाद दिन चाहन्छु ।”

भर्खरको समाचार

विष्णु पौडेलले प्रचण्डलाई पत्याएनन्,प्रचण्डले कम्युनिष्टको नेतृत्व गर्न सक्दैनन्

kp-oli-prachanda_epzIIIIFQI

सुदनमाथि अर्काे अन्याय

sudhangurung30320261029351000x0-1775222839

विराटनगर जुटमिलमा डोजर चल्ने,१४ बिगाहा अतिक्रमण, ६ सय परिवार हटाइने

brt-jute-mill-2_1516020317t

सुदूरपश्चिमदेखि कोशीसम्म आज रातभर तीव्र हावाहुरी चल्ने

mausam-2075-12-18-768x388

नेपाली सेनाले सुकुम्बासी बस्तीको विवरण किन खोज्यो ?

Balen and Harka_NPL (11)

के साँच्चै बादल चोर्न सम्भव छ? प्रकृतिको प्रकोप कि राजनीतिक अस्त्र?

1607456110344

अध्यादेशविरुद्ध विपक्षीहरूको बैठक, रास्वपामै मतभेद

df93fd9b-df47-4fa2-9f70-d8b50432f5cb

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

सम्बन्धित खबरहरु

Scroll to Top