बेलायतमा ३२ वर्षीया नेपाली युवतीको कोरोना संक्रमणबाट मृत्यु

११ बैशाख ७७, शुक्रबार

१२ वैशाख, एजेन्सी ।
कोरोनाको संक्रमणबाट बेलायतमा ३२ वर्षीया नेपाली युवतीको मृत्यु भएको छ।

कोरोनाका कारण बेलायतमा ज्यान गुमाउने कम उमेरकी नेपाली हुन् उनी। वीनेपालीडटकमका अनुसार मृत्यु हुनेमा खोटाङ ऐसेलुखर्क गाउँपालिका १ पुर्ख्यौली घर भई हाल बेलायतको ननिटनमा रहँदै आएकी बीमा नाछिरिङ राई हुन्।

उनको म‌ंगलबार जर्ज इलिट अस्पतालमा मृत्यु भएको स्थानीय ब्रिट्रिश गोरखा भेट्रान्स एसोसिएसन युकेका महासचिव भीम सारु मगरले जानकारी दिए। उनी पूर्व गोरखा सैनिक डाकबहादुर राई र श्रीमती देशी राईकी माइली छोरी थिइन्। उनी गत वर्ष मात्र बेलायत आएकी थिइन्।

Advertisement

उनको मिर्गौलामा समस्या देखिएको थियो। एक साताअघि अस्पताल भर्ना गरिएको थियो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top