एनप्याब्सनका केन्द्रीय उपाध्यक्ष मृत फेला

११ बैशाख ७७, शुक्रबार

१२ वैशाख, धनगढी ।
कैलालीमा राष्ट्रिय नीजि तथा आवासीय विद्यालय एसोसिएसन (एन प्याब्सन) नेपालका केन्द्रीय उपाध्यक्ष मृत अवस्थामा फेला परेका छन् ।

जिल्लाको गौरीगंगा नगरपालिका ९ घर भएका ४० वर्षीय कृष्णप्रसाद भुसाल मृत अवस्थामा भेटिएका हुन् । उनको शव बिहीबार राति १२ बजेतिर मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

भुसालको शव घोडाघोडी नगरपालिका १० पहलमानपुर बजारबाट करिब एक किलोमिटर पश्चिम राजमार्गमा फेला परेको कैलाली प्रहरी प्रवक्ता डीएसपी दक्षकुमार बस्नेतले बताए । उपाध्यक्ष भुसाल गौरीगंगा नगरपालिकामा रहेको बिहानी क्षितिज बोर्डिङ स्कुलका सञ्चालक तथा प्रिन्सिपल पनि हुन् । उनको आँखा, मुख र घुँडामा चोट देखिएको छ ।

उनी पहलमानपुरबाट साइकलमा घरतर्फ गएको बुझिएको छ । शव भेटिएको नजिकै उनको साइकल पनि फेला परेको घटनास्थलमा खटिएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डीएसपी ज्ञानबहादुर विष्टले बताए । डीएसपी बस्नेतले घटनापश्चात् दुई जनालाई नियन्त्रणमा लिई सोधपुछ भइरहेको बताए ।

नियन्त्रणमा लिएकाहरु भुसालसँगै मदिरा पिएका एक जना साथी र होटल सञ्चालक रहेका छन् । एनप्याव्ब्सन कैलालीका अध्यक्ष उपेन्द्र अवस्थीले भुसालको मृत्युले शिक्षा क्षेत्रमा ठूलो क्षति पुगेको बताउँदै घटना रहश्यमय भएकोले सत्यतथ्य छानबिन हुनुपर्ने माग गरेका छन् ।

त्यस्तै स्थानीयबासीले पनि भुसालको हत्या भएको भन्दै दोषीलाई पक्राउ गर्न माग गरेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको छ । शव पोष्टमार्टमका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा ल्याएको प्रबक्ता बस्नेतले जानकारी दिए ।

भर्खरको समाचार

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

सम्बन्धित समाचार

Scroll to Top