दशगजाको क्वारेन्टिनमा खटिएका प्रहरी जवानको मोटरसाइकल दुर्घटनामा मृत्यु

१२ बैशाख ७७, शनिबार

१३ वैशाख, नेपालगञ्ज ।
मोटरसाइकल दुर्घटनामा प्रहरी जवान सुभाष सार्कीको मृत्यु भएको छ ।

दशगजामा क्वारेन्टाइनमा रहेको डिउटी सकेर राती अढाई बजे कोठामा जाँदै गरेका प्रहरी जवान सार्कीको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको हो ।

भे ३ प ३९ नम्बरको मोटरसाइकलमा सवार रहेका प्रहरी जवान सार्की राँझा चोकमा दुर्घटनामा परेका थिए । स्थानीय प्रशासनले भारतबाट फर्किएका व्यक्तिलाई राख्न दशगजामा बनाएको क्वारेन्टाइनमा शुरुदेखि नै डिउटीमा थिए ।

Advertisement

२३ औं दिन त्यहाँ राखेका सबैलाई घर पठाइएपनि प्रहरीको डिउटी कायमै थियो । राती दुई बजे डिउटी सकेपछि कोठामा जान हिँडेका प्रहरीको जवान मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएको बाँके प्रहरी प्रवक्ता डीएसपी शिवबहादुर सिंहले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top