पूर्व सचिव उपाध्याय २५ हजार धरौटीमा रिहा

१५ बैशाख, काठमाडौँ । साइबर अपराध अभियोगमा पक्राउ परेका पूर्व सचिव भीम उपाध्यायलाई २५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिइएको छ ।

Advertisement

प्रहरीको केन्द्रीय साइबर ब्युरोले पाँच दिन अघि उपाध्यायलाई ललितपुरको कुसुन्तीस्थित निवासबाट पक्राउ गरेको थियो। प्रहरीले उनलाई पक्राउ गरेको तीन दिनमै सरकारी वकिलमार्फत अदालतमा अभियोगपत्र दर्ता गरेको थियो।

सामाजिक सन्जालमार्फत उनले धार्मिक आस्थामा आघात पुर्‍याएको आरोप प्रहरीले लगाएको थियो। सामाजिक सन्जालमा सरकारविरुद्ध पछिल्लो समय निकै आक्रामक देखिएका उपाध्याय र स्वास्थ्य सचिव यादब कोइरालाबीच केही समय अघि ट्वीटरमा आरोप प्रत्यारोपको दोहोरी नै चलेको थियो।

Advertisement

काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयले उपाध्यायविरुद्ध पाँच वर्ष कैद सजायको मागदावीसहित अभियोगपत्र दर्ता गरेको थियो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top