×

NEPAL TIMES UPDATES

Playing
चीनको ‘कायाकल्प’ र ‘मेक अमेरिका’ सँगसँगै बढ्ने, सीलाई निम्ता|| Nepal Times
May 14, 2026
Playing
विश्वकप फुटबलको तालिका के छ ?नेपालबाट कति बजे हेर्ने ?|| Nepal Times
May 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-31-2083 || Nepal Times
May 14, 2026
Playing
नीति तथा कार्यक्रम ः विपक्षी सांसद्ले आलोचना गरे, सत्तारुढले बचाऊ|| Nepal Times
May 14, 2026
Playing
सरकारदेखि आफ्नै पार्टीकालाई गगनको चेतावनी, किन रिसाए ? || Nepal Times
May 14, 2026
Playing
ट्रम्प–सी बैठक २ घन्टामा सकियो, के के भयो छलफल ? || Nepal Times
May 14, 2026
Playing
कर्मचारी र विद्यार्थी राजनीति अन्त्य गर्ने सरकारी निर्णयमा न्यायपालिकाको ब्रेक|| Nepal Times
May 14, 2026
Playing
World News: बेइजिङ वार्ताः सहकार्यसँगै द्व*न्द्वको चेतावनी, नेतन्याहुको UAEमा गोप्य भ्रमण
May 14, 2026
Playing
सुकुम्बासीको मुद्यामा बालेन घेरिए, अब घर भाडा दिने|| Nepal Times
May 14, 2026
Playing
बिरामी हुँदा पनि संसद् पुग्ने प्रधानमन्त्रीको इतिहास || Nepal Times
May 14, 2026

आरडिटी नतिजा पोजेटिभ आएका १० जनाको पिसिआर नतिजा नेगेटिभ

१६ बैशाख २०७७

१६ वैशाख, कैलाली ।
सुदूरपश्चिम प्रदेशमा कोभिड–१९का शङ्कास्पद १० जनाको नमूना जाँचमा आरडिटी पद्धतिबाट पोजेटिभ नतिजा आउँदा पिसिआर पद्धतिबाट नेगेटिभ नतिजा आएको छ ।

सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले सोमबार आयोजित ‘मिडिया ब्रिफिङ’मा प्रदेशमा आरडिटी पद्धतिबाट सोमबारसम्म कोरोना भाइरसका शङ्कास्पद १२ हजार २८३ व्यक्तिको नमूना सङ्कलन गरी परीक्षण गरिएकामा १२ हजार २७३ को नजिता नेगेटिभ आएको जानकारी दिए ।

Advertisement
Advertisement

परीक्षण गरिएकामध्ये १० जनाको आरडिटीबाट पोजेटिभ र पिसिआरबाट नेगेटिभ नतिजा आएको उनले बताए । पिसिआर पद्धतिबाट आजसम्म सङ्कलन गरिएको दुई हजार ७६३ को नमूनामध्ये दुई हजार ७६१ को परीक्षण भएकामा दुई हजार ७५६ को नतिजा नेगेटिभ आएको छ ।

यो विधिबाट गरिएको परीक्षणबाट कोरोना सङ्क्रमण भएको पुष्टि भएका पाँचमध्ये पोजेटिभ देखिएका चार जना केही दिनअघि नै निको भई डिस्चार्ज भइसक्नुभएको छ । दुई नमूना परीक्षणको क्रममा रहेको बताइएको छ । सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना सङ्क्रमित एक जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

Advertisement
Advertisement

प्रदेशका विभिन्न जिल्लामा व्यवस्था गरिएका क्वारेन्टाइनमा सोमबारसम्म एक हजार ३०७ जना बसिरहेका छन् । यस्तै विभिन्न अस्पतालको आइसोलेसनमा रहेकामध्ये सोमबारसम्म १०९ जनालाई उपचारपछि डिस्चार्ज गरिएको जनाइएको छ । पछिल्ला दुई हप्तामा यो प्रदेशमा कोरोना सङ्क्रमणको दर स्थिर छ ।(रासस)

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top