भरतपुर कोरोना अस्पतालबाट कर्मचारीले नै सामग्री चोरेपछि छानबिन समिति गठन

१६ बैशाख ७७, मंगलबार
Share this
669shares

१६ बैशाख, काठमाडौं । चितवनको भरतपुर अस्पताल मातहत सञ्चालित कोरोना अस्पतालको स्टोरबाट चप्पल, मास्क, सेनिटाइजरलगायत सामग्री चोरी भएपछि भरतपुर महानगरपालिकाले छानबिन समिति गठन गरेको छ ।

Advertisement

उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु पौडेलको संयोजकत्वमा महानगर र अस्पतालका एक एक जना सदस्य रहने गरी तीन सदस्यीय समिति गठन भएको हो।

कोरोना अस्पतालको स्टोरमा रहेका सामान कर्मचारीले रातको समयमा लगेको सिसिक्यामेरा भिडिओ सञ्चारमाध्यमबाट बाहिरिएपछि छानबिन गर्न समिति गठन गरिएको हो।

Advertisement

अस्पतालका लेखापाल फणिन्द्र खनाल, भरतपुर अस्पतालका कर्मचारी सञ्जय बराल र महानगरका स्वास्थ्य शाखा अधिकृत सूर्य तिवारीले अस्पतालको स्टोरबाट सामग्री लगेको सार्वजनिक उक्त भिडिओमा देखिन्छ ।

उनीहरूले चप्पल, सेनिटाइजर, मास्कलगायत अरू के(के सामान स्टोरबाट लगे र ती सामान कहाँ बिक्री गरे भन्ने खुलेको छैन। भरतपुर महानगरकी उपप्रमुख पार्वती शाह ठकुरीले कोरोना संकटका बेला सामान चोरी हुनु दुखद भएको बताइन्।

Advertisement

सोमबार छानबिन समिति गठन गरिए पनि महानगर र अस्पतालबाट को(को सदस्य भन्ने टुंगो नलागेको उनले बताइन् । उक्त छानबिन समितिलाई एक साताभित्र प्रतिवेदन दिन भनिएको महानगरले जनाएको छ। कोरोना अस्पताल भरतपुर अस्पताल मातहत वैशाख १ देखि सञ्चालनमा छ ।

गत चैत २१ गते नै कोरोना अस्पताल भरतपुर अस्पतालमातहत सञ्चालन गर्ने निर्णय भएको थियो। तर वैशाख १ गते मात्रै अस्पतालका सामग्री भरतपुर अस्पताललाई बुझाइएको थियो। ती कर्मचारीले चैत ३० गते राति करिब ९स्३० बजे सामानहरू स्टोरबाट चोरेको आरोप छ।

स्टोरबाट सामग्री चोरी भएको विषयमा छानबिन समिति बनेकोले त्यसले नै छानबिन गर्ने भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले बताए। कोरोना संकटका बेला अस्पतालबाट सामग्री चोरी भएको भन्दै नेपाली कांग्रेस चितवनले पनि विज्ञप्ति निकालेर छानबिन गर्न माग गरेको छ।

जिल्ला सभापति जितनारायण श्रेष्ठले मंगलबार निकालेको विज्ञप्तिमा सर्वपक्षीय अधिकारसम्पन्न छानबिन समिति बनाउन पनि माग गरिएको छ।
अस्पतालका हालसम्मका आर्थिक गतिविधिको छानबिन गरी सत्यतथ्य विवरण सार्वजनिक गर्न उनले माग गरेका हुन्। सत्ता र शक्तिका आडमा भ्रष्टाचारजन्य क्रियाकलापमा संलग्न हुनेलाई कारबाही गर्न पनि सभापति श्रेष्ठले जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top