१६ वैशाख, झापा ।
झापाको झापा गाउँपालिका३ सिमलवारीका लालप्रसाद राजवंशीले संचालन गरेको धानमिलमा आगलागी हुँदा अन्दाजी १४ लाख ७८ हजार रुपैयाँ बराबरको क्षति भएको छ ।
सोमवार दिउँसो चट्याङ परी बिद्युतको तार सर्ट भई अचानक धानमिलमा आगलागी हुँदा राजवंशीको मिल घर तथा छिमेकी प्रल्हाद मण्डलको २ वटा कच्ची घर समेत जलेर नष्ट हुँदा उक्त मुल्य बराबरको क्षति भएको हो ।
आगलागीबाट मानवीय तथा चौपायामा क्षति नभएको तथा प्रहरी, स्थानीयवासी र दमकल समेतको सहयोगमा बेलुका आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

