बहराइनमा थप ७७ जना नेपालीमा कोरोना संक्रमण

१७ बैशाख, एजेन्सी । विदेशमा १९ सय बढी नेपाली कोरोना संक्रमित भएको तथ्याकं बाहिर आइरहेका बेला बहराइनमा थप ७७ जना नेपाली कोरोना संक्रमित देखिएका छन् ।

यस अघि ४९ जना संक्रमित रहेकोमा ७७ जना नयाँ थपिएसंगै संक्रमित नेपालीको संख्या १ सय २६ पुगेको हो । बहराइनस्थित नेपाली राजदूतावासले प्रेस विज्ञप्ति जारी गर्दै उक्त कुराको जानकारी गराएको हो ।

बहराइन अधिराज्यमा २८ अप्रिल अर्थात मंगलबारसम्म एक लाख २१ हजार २६० जनामा कोरोना संक्रमण परीक्षण गरिएको छ । संक्रमित व्यक्तिहरुको संख्या १५ सय ५६ जना रहेकोमा दुई जना गम्भिर अवस्थामा रहेको दूतावासले बताएको छ ।

Advertisement

संक्रमणबाट निको भई एक हजार २४६ डिस्चार्ज भएका छन् । साथै मृतकको संख्या आठ पुगेको छ । बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले बहराइनका परराष्ट्र मन्त्रालयका अधिकारीहरु संग कुराकानी गरेको दूतावासले जानकारी दिएको छ ।

कोरोनाको संक्रमणबाट बच्न बहराइन सरकारबाट जारी भएका निर्देशनहरु पूर्ण रुपमा पालना गर्न नेपालीहरुलाई दूतावासले अनुरोध गरेको छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top