अमेरिकामा १० लाखभन्दा बढी सङ्क्रमित, ५७ हजारभन्दा बढीको मृत्यु

१६ बैशाख ७७, बुधबार

१७ वैशाख, एजेन्सी ।
अमेरिकामा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या १० लाखभन्दा बढी भएको छ।

कोरोनाभाइरसको विश्वव्यापी रूपमा तथ्याङ्क सङ्कलन गरिरहेको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार विश्वभर सङ्क्रमितमध्ये करिब एक तिहाई सङ्क्रमण अमेरिकामा देखिएको हो। त्यहाँ हालसम्म ५७ हजारभन्दा बढीको यो भाइरसका कारण मृत्यु भइसकेको छ।

त्यो भनेको भियतनाम युद्धका बेला मृत्यु भएका अमेरिकीहरूको सङ्ख्याभन्दा पनि बढी हो।  अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफूहरूले धेरैभन्दा धेरै परीक्षण गरेकाले यो सङ्ख्या देखिएको बताएका छन्। उनले विस्तारै सङ्क्रमितको सङ्ख्या शून्यमा झर्ने बताए।

Advertisement

ट्रम्पले गत फेब्रुअरीमा पनि अमेरिकामा कोभिड–१९ को सङ्क्रमण शून्य हुने बताएका थिए। त्यसबेला अमेरिकामा कोरोनाभाइरसका १५ वटा मात्र सङ्क्रमण भेटिएका थिए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top