प्रधानमन्त्री भारतबाट फर्किएपछि फोरम सरकारमा जाने

१७ चैत ७४, आइतबार

काठमाडौं – संघीय समाजवादी फोरमले प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणपछि सरकारमा सहभागी हुने तयारी गरेको छ । संविधान संशोधनबारे सरकारसँग भएको सहमतिको मस्यौदा तयार भइसकेको र मन्त्रालयको संख्यासमेत टुंगो लागेकाले प्रधानमन्त्री भारत भ्रमणबाट फर्किएपछि हस्ताक्षर गर्ने तयारी भएको हो ।

दुवै पक्षको सहमतिमा संविधान संशोधन गर्ने गरी तयार भएको सम्झौतापत्र प्रधानमन्त्रीको हातमा पुगिसकेको फोरमका वरिष्ठ नेता अशोक राईले बताए । प्रधानमन्त्री ओली भारतबाट फर्केपछि सम्झौतापत्रमा हस्ताक्षर हुने र आफूहरू सरकारमा सहभागी हुने उनले बताए ।

सरकारसँग भएको सहमतिअनुसार फोरमले दुई मन्त्री र एक राज्यमन्त्री पाउनेछ । उसले स्वास्थ्य र सहरी विकास मन्त्रालय पाउने सम्भावना छ । आजको नयाँ पत्रिकामा यो समाचार छापिएको छ ।

Advertisement

मन्त्रालय फेरबदल हुन सक्छ
फोरम सरकारमा जाने अवस्थामा अहिले भएका मन्त्रीलाई साटफेर गरेर भए पनि सहमति गर्न सकिने सन्देश प्रधानमन्त्री केपी ओलीले यादवलाई पठाइसकेका छन् । अध्यक्ष यादवका लागि एउटा विकासे मन्त्रालय मिलाउने ओलीले वचन दिएका छन् ।
फोरमका एक नेताका अनुसार सहरी विकास मन्त्रालयमा खानेपानी मन्त्रालयलाई गाभेर फोरमलाई दिने तयारी भएको छ । खानेपानीमन्त्री विना मगरलाई अन्य मन्त्रालयमा सार्न सकिने जानकारी फोरमलाई गराइएको छ ।
त्यसैगरी, स्वास्थ्य मन्त्रालय पनि फोरमले पाउनेछ । स्वास्थ्य मन्त्रालयमा अहिले एमाले नेत्री पद्यमा अर्याल राज्यमन्त्री छिन् । फोरम नेता राईले सूचना तथा सञ्चार मन्त्रालय पनि फोरमको भागमा आउन सक्ने बताए ।

दुई मन्त्रीका लागि सातभन्दा बढी दाबेदार
फोरम नेताहरूका अनुसार दुई मन्त्रालय पाउने भए पनि मन्त्रीका लागि सातभन्दा बढी नेताको दाबेदारी छ । फोरम स्रोतका अनुसार अध्यक्ष उपेन्द्र यादवबाहेक अन्य नेताको नाममा विवाद छ ।
अध्यक्ष यादवको नेतृत्वमा सरकारमा जाने अवस्थामा अन्य एक मन्त्री र एक राज्यमन्त्री आकांक्षीमध्येबाट छान्नुपर्ने हुन्छ । एक मन्त्रालयका लागि सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, नेत्री रेणु यादव, मोे. इस्तियाक राई, उमाशंकर अरगरिया, हरिनारायण रौनियारलगायत दाबेदार छन् । पेचिलो दाबेदारी भने श्रेष्ठ र यादवमै रहेको नेताहरू बताउँछन् ।

Advertisement

मन्त्री टुंगो लगाउने दुई उपाय
फोरमको पदाधिकारी बैठकले मन्त्रीको नाम टुंगो लगाउन सक्ने अवस्था नदेखिएकाले दुई उपाय रहेको नेताहरूले बताएका छन् । पहिलो, अध्यक्ष उपेन्द्र यादवले एकल निर्णय गरी सरकारमा जाने मन्त्रीको नाम टुंगो लगाउने र दोस्रो, १५ सदस्यीय पदाधिकारीबीच मतदान गरेर टुंगो लगाउने ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

सम्बन्धित समाचार

Scroll to Top