काठमाडौं, चैत १७
नेपाल टेलिकमले पनि व्यालेन्स सापटी लिन पाउने सेवा संचालन गरेको छ । नेपाल टेलिकमले आजबाट मोवाईलमा व्यालेन्स सापटी पाउने सेवा संचालनमा ल्याएको हो ।
काठमाडौंमा एक कार्यक्रमकाबीच संचार तथा सूचना प्रविधि राज्य मन्त्री गोकुल बास्कोटाले सेवाको शुभारम्भ गर्नु भएको हो । ‘नमस्ते क्रेडिट’ नाम दिइएको सो सेवा लिनका लागि मोवाइलको स्टाटसमा टाइप गरी १४७७ मा पठाउनुपर्ने हुन्छ ।
यो सुविधा अन्तरगत ५ रुपैयाँदेखि ४० रुपैयाँसम्मको क्रेडिट टक टाईम को सुविधा प्रदान हुने टेलिकमले जनाएको छ । सेवा लिन नचाहनेहरुले स्टप टाईप गरी १४७७ मा एसएमएस पठाउन सक्ने व्यवस्था पनि गरिएको छ ।
व्यालेन्स सकिएर फोन काटिने समस्या आउन नदिन टेलिकमले ‘नमस्ते क्रेडिट सेवा’ संचालनमा ल्याएको हो । कार्यक्रममा बोल्दै राज्यमन्त्री बास्कोटाले नेपाल टेलिकमले ढिलै भएपनि राम्रो कामको सुरुवात गरेको भन्दै प्रशंशा गरे ।
उनले ग्राहकहरुलाई विश्वसनीय र गुणस्तरीय सेवा प्रदान गर्न नेपाल टेलिकमले अझ धेरै मेहनत गर्नुपर्नेतर्फ पनि सचेत गराए । राज्यमन्त्री बास्कोटाले टेलिकमलाई आक्रमक बजार प्रवद्र्धन नीति अन्तरगत अघि बढन पनि निर्देशन दिए ।