×

NEPAL TIMES UPDATES

Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026

अब नेपाल टेलिकममा पनि व्यालेन्स सापटी

१७ चैत्र २०७४

काठमाडौं, चैत १७
नेपाल टेलिकमले पनि व्यालेन्स सापटी लिन पाउने सेवा संचालन गरेको छ । नेपाल टेलिकमले आजबाट मोवाईलमा व्यालेन्स सापटी पाउने सेवा संचालनमा ल्याएको हो ।

 

Advertisement
Advertisement

काठमाडौंमा एक कार्यक्रमकाबीच संचार तथा सूचना प्रविधि राज्य मन्त्री गोकुल बास्कोटाले सेवाको शुभारम्भ गर्नु भएको हो । ‘नमस्ते क्रेडिट’ नाम दिइएको सो सेवा लिनका लागि मोवाइलको स्टाटसमा टाइप गरी १४७७ मा पठाउनुपर्ने हुन्छ ।

यो सुविधा अन्तरगत ५ रुपैयाँदेखि ४० रुपैयाँसम्मको क्रेडिट टक टाईम को सुविधा प्रदान हुने टेलिकमले जनाएको छ । सेवा लिन नचाहनेहरुले स्टप टाईप गरी १४७७ मा एसएमएस पठाउन सक्ने व्यवस्था पनि गरिएको छ ।

व्यालेन्स सकिएर फोन काटिने समस्या आउन नदिन टेलिकमले ‘नमस्ते क्रेडिट सेवा’ संचालनमा ल्याएको हो । कार्यक्रममा बोल्दै राज्यमन्त्री बास्कोटाले नेपाल टेलिकमले ढिलै भएपनि राम्रो कामको सुरुवात गरेको भन्दै प्रशंशा गरे ।

Advertisement
Advertisement

उनले ग्राहकहरुलाई विश्वसनीय र गुणस्तरीय सेवा प्रदान गर्न नेपाल टेलिकमले अझ धेरै मेहनत गर्नुपर्नेतर्फ पनि सचेत गराए । राज्यमन्त्री बास्कोटाले टेलिकमलाई आक्रमक बजार प्रवद्र्धन नीति अन्तरगत अघि बढन पनि निर्देशन दिए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top