Nepal Times
Nepal Times
3
Shares

बाटैमा हराए एक हजार कर्मचारी

बाटैमा हराए एक हजार कर्मचारी

काठमाडौं – प्रदेश र स्थानीय तहमा खटिएका झण्डै एक हजार कर्मचारी कार्यक्षेत्र नपुगी सम्पर्कविहीन भएका छन् ।

बारम्बार ताकेता गरेपछि केन्द्र छाडेका उनीहरु सरुवा भएको ठाउँ नपुग्दै बाटोमै हराउन थालेका छन् । आजको कान्तिपुरको पहिलो पृष्ठमा यो समाचार छापिएको छ ।

संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयका अनुसार कम्तीमा एक हजार कर्मचारी कार्य क्षेत्र पुगेका छैनन् ।

समाचारमा लेखिएको छ, अहिलेसम्म प्रदेश र स्थानीय तहमा कति कर्मचारी खटिए भन्ने तथ्यांक मन्त्रालयसँग छैन ।

स्थानीय विकास र समान्य प्रशासन समायोजनबाट संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालय बनाइएयता कर्मचारी सरुवाको सूचीसमेत सार्वजनिक गरिएको छैन ।

मन्त्रालयले गत पुसदेखि फागुन १७ सम्म ७ वटै प्रदेशका मन्त्रालयका लागि १ हजार १ सय ४३ कर्मचारी सरुवा गरेको थियो ।

ती मध्ये २ सय ४१ कर्मचारी अझै प्रदेशका मन्त्रालयमा हाजिर भएका छैनन् ।

तथ्यांकअनुासर ८ सय ८१ कर्मचारी मात्रै सरकारको सम्पर्कमा पुगेर हाजिर भएको देखिन्छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.