अछामको ढकारी गाउँपालिकामा सकेट बम फेलाः सेनाद्वारा निस्क्रिय

१९ बैशाख ७७, शनिबार

२० वैशाख, अछाम ।
अछाम जिल्लाको ढकारी गाउँपालिका वडा नम्बर–१ मा भेटिएको सकेट बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ ।

भवानी बक्स गण मंगलसैनका सेनानी हरिबहादुर श्रेष्ठको टोलीले शुक्रबार साँझ ६ बजे बम डिस्पोज गरेको हो । ढकारी गाउँपालिका वडा नम्बर–१ का स्थानीय दिलबहादुर बुढाको घर नजिकैको झाडीमा शुक्रबार बम फेला परेको ढकारी प्रहरी चौकीका इन्चार्ज मदन सिंह धामीले जानकारी दिए ।

फेला परेको बम द्वन्द्वकालमा छुटेको हुनसक्ने ढकारी गाउँपालिका–१ का वडाध्यक्ष भवानीप्रसाद उपाध्यायले बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top