×

NEPAL TIMES UPDATES

Playing
चीनको ‘कायाकल्प’ र ‘मेक अमेरिका’ सँगसँगै बढ्ने, सीलाई निम्ता|| Nepal Times
May 14, 2026
Playing
विश्वकप फुटबलको तालिका के छ ?नेपालबाट कति बजे हेर्ने ?|| Nepal Times
May 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-31-2083 || Nepal Times
May 14, 2026
Playing
नीति तथा कार्यक्रम ः विपक्षी सांसद्ले आलोचना गरे, सत्तारुढले बचाऊ|| Nepal Times
May 14, 2026
Playing
सरकारदेखि आफ्नै पार्टीकालाई गगनको चेतावनी, किन रिसाए ? || Nepal Times
May 14, 2026
Playing
ट्रम्प–सी बैठक २ घन्टामा सकियो, के के भयो छलफल ? || Nepal Times
May 14, 2026
Playing
कर्मचारी र विद्यार्थी राजनीति अन्त्य गर्ने सरकारी निर्णयमा न्यायपालिकाको ब्रेक|| Nepal Times
May 14, 2026
Playing
World News: बेइजिङ वार्ताः सहकार्यसँगै द्व*न्द्वको चेतावनी, नेतन्याहुको UAEमा गोप्य भ्रमण
May 14, 2026
Playing
सुकुम्बासीको मुद्यामा बालेन घेरिए, अब घर भाडा दिने|| Nepal Times
May 14, 2026
Playing
बिरामी हुँदा पनि संसद् पुग्ने प्रधानमन्त्रीको इतिहास || Nepal Times
May 14, 2026

दादुरा–रुबेलाको प्रकोपमा चेपाङ बस्तीः दुईको मृत्यु, डेढसय थलिए

२० बैशाख २०७७

२० वैशाख, धादिङ ।
दुई महिनायता फैलिएको दादुरा–रुबेला प्रकोपले धादिङका विकट चेपाङ बस्तीलाई निकै समस्यामा पारेपनि कोरोना संक्रमणले देश लकडाउन भइरहँदा यो क्षेत्र ओझेलमा परेको छ ।

प्रकोपले दुई जनाको ज्यान गइसकेको छ भने डेढ सयजति थलिएका छन् । फागुन ६ मा बेनीघाट–६ बुमराङमा ४ बालबालिकामा दादुरा–रुबेला पुष्टि भएको थियो । त्यस्तै छिमेकी गजुरी गाउँपालिकाका ३ र ४ नम्बर वडामा यसै साता संक्रमण देखिएको छ । ६ महिने शिशुदेखि ३४ वर्षीय युवकसम्म प्रभावित छन् ।

Advertisement
Advertisement

प्रकोप रोक्न बुधबारदेखि बल्ल खोप कार्यक्रम सुरु गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयले बेनीघाट–रोराङ र गजुरी गाउँपालिकामा पुनः दादुरा–रुबेला खोप कार्यक्रम सञ्चालन गरेको हो । ६ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई लक्ष्यित खोप कार्यक्रम वैशाख २३ सम्म जारी रहने स्वास्थ्य कार्यालयका खोप अधिकृत श्याम पोखरेलले बताए ।

बेनीघाटमा १३ हजार र गजुरीमा ८ हजार ७ सय ७९ जनालाई खोपसँगै जुका र भिटामिन ए क्याप्सुल पनि दिइनेछ । दादुराले वडा नं ६ की २९ महिने बालिका अनिशा र वडा नं ४ का आठमहिने शिशु सुशान्त चेपाङको मृत्यु भएको बेनीघाट गाउँपालिकाका स्वास्थ्य प्रमुख शंकरबाबु दुवाडीले बताए ।

सबैभन्दा बढी तार्केटार, बुङपुङ, भुमेडाँडा, वुमराङ, सोलडाँडा, रोतेस, रुदिङ, जरुङमा प्रकोप फैलिएको उनले जानकारी दिए । २०७४ मंसिर १६ गते धादिङलाई आधारभूत खोप सुनिश्चित जिल्ला घोषणा गरिएको थियो । यसका लागि सरकारले तत्कालीन ५५ गाविसलाई ५० हजारका दरले बजेट पठाएको थियो ।

गैससले पनि करोडौं लगानी गरेका थिए । तर, विकट चेपाङ बस्तीका बालबालिकाले अनिवार्य लगाउनुपर्ने खोप नै पाएनन् । गत १७ गते छोरी अनिशालाई गुमाएकी सोल्टीमायाले भनिन्, ‘हाम्रा आमाले पनि कुनै सुई लगाएनन्, मैले पनि लगाइनँ, छोरीहरूलाई पनि लगाएन । ३० वर्षीया सोल्टीमाया ६ सन्तानकी आमा हुन् ।

छोरीहरू १४ वर्षीया अनिता र ७ वर्षीया कविता पनि दादुराले ग्रस्त छन् । ‘खोप नलगाएकै कारण हरेक वर्ष यस भेगमा दादुरा फैलिन्छ, विकट बस्तीमा शिशुहरूको मृत्यु हुन्छ, कतै अत्तोपत्तो हुँदैन,’ स्थानीय शिक्षक तिलक चेपाङले भने ।

जिल्लामा सबैभन्दा बढी चेपाङ बेनीघाटमै छन् । वडा नं ६ का ५ सय घरधुरीमध्ये साढे तीन सयजति चेपाङकै रहेको वडाध्यक्ष देवकृष्ण आलेले वताए । ‘चेपाङ बस्तीमा हालसम्म कुनै खोपसेवा सञ्चालन नगरिएकाले हरेक वर्ष दादुरालगायत महामारी भइरहन्छ,’ उनले भने ।

Advertisement
Advertisement

बेनीघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण भट्टराईले दादुरा फैलिएपछि मात्रै करिब २ सय जनालाई खोप दिइएको बताए । लकडाउन सकिएपछि घुम्ती शिविर सञ्चालन गरेर छुटेका ५ वर्षमुनिका बालबालिकालाई आधारभूत खोपसेवा दिइने उनको भनाइ छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top