कस्तूरी मृग मारेको आरोपमा ७ जना पक्राउ

१९ बैशाख ७७, शनिबार

२० वैशाख, काठमाडौं ।
सगरमाथा राष्ट्रिय निकुञ्जको क्याङ्जुमा नजिकको ताक्डिमामा पासोमा पारेर कस्तूरी मृग मारेको आरोपमा ७ जनालाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् ।

स्थानीय युवा क्लब र मध्यवर्ती क्षेत्रका उपभोक्ताले पाङ्बोचे र फोर्चेबाट शुक्रबार नियन्त्रणमा लिएका ७ जनालाई नाम्चे ल्याइएको छ । निकुञ्जको मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष सोनाम ग्याल्जेन शेर्पाका अनुसार उनीहरुको संलग्नता देखिएपछि स्थानीय नागरिकले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन् ।

लुकेर बसेका उनीहरुलाई स्थानीयले छापा मारेर नियन्त्रणमा लिएका थिए । कस्तूरी मृगको केन्द्र मानिने सगरमाथा निकुञ्जको सगरमाथा बेसक्याम्प जाने बाटोको ताक्डिमामा धेरै समयपछि त्यति धेरै संख्यामा कस्तूरी मारिएका थिए । नाम्चेस्थित् प्रहरीमा राखिएका आरोपितलाई केही बेरमा निकुञ्जको जिम्मा लगाइँदैछ ।

स्रोतका अनुसार निकुञ्जका प्रमुख भूमिराज उपाध्यायलाई पनि प्रहरीसमक्ष राखेर बयान लिने काम भइरहेको छ । तस्करहरुबारे जानकार पाएर पनि उनले पक्राउ नगरेको स्थानीयले आरोप लगाएका छन् । उपाध्याय यसअघि सूदूरपश्चिमको अपिनाम्पा संरक्षण क्षेत्रमा प्रमुख हुँदा पनि विवादमा परेका थिए ।

अनैतिक गतिविधिमा संलग्न भएको आरोपपछि उनलाई निकुञ्ज विभागले कारबाही गर्दै फिर्ता बोलाएको थियो ।

भर्खरको समाचार

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

सम्बन्धित समाचार

Scroll to Top