झापा, चैत १८
झापाको सदरमुकाम क्षेत्रका महिलाहरुलाई मध्यनजर गर्दै पाठेघर मुखको क्यान्सर जाँच तथा स्तन परिक्षण सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।
भद्रपुर ६ स्थित सिटी गार्डेन होटलमा आयोजना गरिएको एक दिने निःशुल्क स्वास्थ्य शिविरमा नगरक्षेत्रका ३ सय १० जना महिलाले निःशुल्क जाँच तथा परिक्षण गरिएको थियो ।
रोटरी क्लब अफ् भद्रपुर, रोटरी क्लव अफ् यल पाटन, नेपाल अपाङ्ग संघ भद्रपुर र भद्रपुर मारवाडी महिला मञ्चको संयुक्त आयोजना भएको स्वास्थ्य शिविरमा नेशनल क्यान्सर हस्पिटल ललितपुरले सहयोग गरेको रोटरी क्लब अफ् भद्रपुरका अध्यक्ष सुरेशकुमार मित्तलले जानकारी दिए ।
जनचेतनाको कमीले स्वास्थ्य संस्थामा चेकजाँच गराउन जान नचाहने महिलाहरु समाजमा अहिले पनि रहेको र त्यस्ता महिलाले लाभ पाउन भन्ने उदेश्यले उपत्यका बाहिर आएर सेवा प्रदान गरिएको आयोजकले जनाएको छ ।