उत्तर कोरियाली चिकित्सकले ढाँटेरै लिए श्रम स्वीकृति

१८ चैत ७४, सोमबार

काठमाडौं – सरकारी कर्मचारीको लापरबाहीका कारण गलत विवरणमा तीन जना उत्तर कोरियाली चिकित्सकले श्रम स्वीकृति लिएको खुलासा भएको छ। स्वास्थ्य, गृह र श्रम मन्त्रालयका कर्मचारीको लापरबाहीका कारण गलत विवरण पेस गरेका तीन जना उत्तर कोरियाली चिकित्सकले श्रम स्वीकृति लिएका हुन्। आजको अन्नपूर्ण पोस्टमा समाचार छापिएको छ ।

कञ्चनपुरको महेन्द्रनगरमा रहेको सेफर अस्पतालका लागि तीन जना उत्तर कोरियाली चिकित्सकको श्रम स्वीकृति निकाल्न प्रयोग भएको कागजपत्रमा कहीँ–कतै पनि उनीहरू उत्तर कोरियाली चिकित्सकहरू भएको उल्लेख छैन। उनीहरूले राहदानी त पेस गरेका छन् तर सरकारी कर्मचारीले समेत उत्तर कोरियाको राहदानी नचिन्दा उत्तर कोरियाली चिकित्सकले बिनाविस्तृत अनुसन्धान श्रम स्वीकृति लिएका थिए। संयुक्त राष्ट्रसंघले उत्तरकोरियामाथि आणविक हतियारको जथाभावी उत्पादन र परीक्षण गरेको भन्दै कडा नाकाबन्दी गरेको छ।

त्यसको बाबजुत नेपालमा भने उत्तर कोरियालीले निर्वाध रूपमा बिजनेस भिसामा समेत काम अवैध रूपमा गर्दै आएका छन्। स्वास्थ्य, गृह र श्रम विभागका कर्मचारीले कुन मुलुकका चिकित्सक हुन् भन्ने पहिचान र आवश्यक सोधखोज नगरीकनै श्रम सहमति दिएका हुन्। उनीहरूको कार्य सहमतिका लागि स्वास्थ्य मन्त्रालयले गृहलाई लेखेको पत्रमा समेत उनीहरू उत्तर कोरियाली चिकित्सक भएको उल्लेख छैन। सरकारी रेकर्डमा कुनै पनि उत्तर कोरियाली नागरिकले श्रम स्वीकृति लिएको देखिँदैन।

Advertisement

गृह मन्त्रालयले श्रम स्वीकृतिका लागि कुनै पनि उत्तर कोरियाली चिकित्सकहरूलाई कार्य सहमति नदिएको बताउँदै आएको थियो। श्रम विभागका कर्मचारीले समेत आफूहरूले कुनै पनि उत्तर कोरियाली चिकित्सकलाई श्रम स्वीकृति नदिएको जिकिर गरेका थिए। श्रम विभागको रेकर्डमा समेत उत्तर कोरियाली चिकित्सकलाई श्रम स्वीकृति दिएको देखिँदैन। श्रमको रेकर्डमा दक्षिण कोरियाली चिकित्सकले श्रम स्वीकृति लिएको देखिन्छ।

अन्नपूर्ण पोस्ट्मा समाचार प्रकाशन भएपछि गृह मन्त्रालयले अध्यागमन विभागलाई पत्राचार गरी त्यसबारे छानबिन गर्न निर्देशन दिएको छ। गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले तीन जना उत्तर कोरियाली चिकित्सकलाई श्रम स्वीकृति दिएको र तनहुँको दमौलीमा रहेको ‘ने कोर्यो’ अस्पतालमा बिजनेस भिसा लिएका उत्तर कोरियालीले चिकित्सकीय काम गरिरहेको बारे छानबिन भइरहेको बताए। प्रवक्ता सुवेदीले भने, ‘हामीले सम्बन्धित निकायमा छानबिनका लागि लिखित निर्देशन दिइसकेका छौं।’

Advertisement

गृह मन्त्रालयका एक अधिकारीले उत्तर कोरियालीलाई कार्यसहमति नदिनू भन्ने निर्देशन कहीँ–कतैबाट नआएको र ती तीन जना उत्तर कोरियाली नागरिकले चाहिँ गलत विवरण पेस गरेर श्रम स्वीकृत लिएको पाइएको बताए। गृह मन्त्रालयका ती अधिकारीले उनीहरूले आफूहरू उत्तर कोरियाली चिकित्सक भनेरै प्रक्रिया अघि बढाएको भए पनि श्रम स्वीकृति पाउँथे तर उनीहरूले कोरियाली चिकित्सक मात्र भनी कागजपत्र पेस गरेर कर्मचारीलाई झुक्याएको बताए।

कञ्चनपुरको महेन्द्रनगरमा रहेको सेफर अस्पतालका सञ्चालनको सहयोगमा ती तीन जना उत्तर कोरियाली नागरिकले श्रम विभागबाट श्रम स्वीकृति लिएको फेला परेको हो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

सम्बन्धित समाचार

Scroll to Top