विराटनगर, चैत १८
आइतबार मारवाडी राष्ट्रिय क्रिकेट लिगको फाइनल खेल आज हुने भएको छ । कीर्तिपुरको खेल मैदानमा हुने भएको छ । राष्ट्रिय युवा संगठनको आयोजनामा यहि चैत १० गतेदेखि भैरहवा र विराटनगरमा भएको प्रतियोगिताको फाइनल खेल काठमाण्डौंमा हुन लागेको हो ।
हुलास नेपाल मारवाडी क्रिकेट लिग तेश्रो सिजनको फाइलनमा विराटनगर चैलेन्जर्स र लुम्बिनी लायन्सबीच हुने आयोजक समितिका संयोजक सन्दीप लालवानीले बताए ।
यस अघि पनि काठमाण्डौंमा भएको नेपाल मारवाडी क्रिकेट लिगमा विराटनगरको टिमले उपाधि जितेको थियो । यस पटक पनि उपाधि जित्ने दाउमा विराटनगर छ । प्रतियोगिता अहिले दिउँसो साढे १२ बजे आयोजना हुनेछ ।