धनगढी प्रिमियर लिगमा अत्तरियालाई रुपन्देही च्यालेन्जर्सले दियो ६२ रनको लक्ष

१७ चैत ७४, आइतबार

विराटनगर, चैत १८
धनगढीमा जारी धनगढी प्रिमियर लिग क्रिकेट प्रतियोगितामा रुपन्देही च्यालेन्जर्सले ६२ रनको लक्ष्य प्रस्तुत गरेको छ । उसले सिवाइसी अत्तरियालाई ६२ रनको लक्ष्य दिएको छ ।

धनगढीमा टस जितेर पहिले ब्याटिङ गरेको रुपन्देही १५ ओभरमा मात्र ६१ रनमा अलआउट भयो । रुपन्देहीका लागि सुफियान मेहमुदले २० रन बनाउनुबाहेक अरु कसैले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

प्रदीप ऐरी, सागर पुन र सुसन भारी शुन्यमा आउट भएको खेलमा विक्रम भुसाल र शक्ति गौचनले आठ आठ, जितेन्द्र मुखियाले ७ र दिपक प्रसादले ५ रन बनाए । अत्तरियाका कमल सिंह ऐरीले ४ तथा शुभाङ्कर उराउले ३ विकेट लिएपछि रुपन्देहीका ब्याट्स्म्यानले राम्रो प्रदर्शन गर्न सकेनन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top