प्रधानमन्त्रीको थ्रोट स्वाब लिइयो

२५ बैशाख ७७, शुक्रबार

२६ वैशाख, काठमाडौं ।
कोभिड–१९ परीक्षणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको थ्रोट स्वाब लिन स्वास्थ्य टोली बालुवाटार पुगेको छ।

प्रधानमन्त्रीको सरकारी निवास पुगेर स्वास्थ्य टोलीले थ्रोट स्वाब लिएको छ। थ्रोट स्वाबको पिसिआर टेस्ट भएपछि भाइरसको संक्रमण भएनभएको निश्चित हुने छ। शुक्रबार सुरु हुने संसदको बजेट अधिवेशनका लागि सबै सांसदको भाइरस संक्रमण परीक्षण भइरहेको छ।

धेरै सांसदको स्वाब लिन काम बिहीबार नै सकिएको थियो। शुक्रबार सार्वजनिक भएको रिपोर्टअनुसार ती कुनैपनि सांसदमा भाइरसको संक्रमण देखिएको छैन। शुक्रबारको संसद बैठकमा संक्रमण नभएको पुष्टि भएका सांसद मात्र उपस्थित हुनेछन्।

Advertisement

यसको मतलब प्रधानमन्त्री ओली शुक्रबारको संसद बैठकमा उपस्थित हुने सम्भावना कम रहेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top