सीमामा काँडेतार लगाउँ, नक्सा तत्काल सार्वजनिक गरौँः नेपाल

२८ बैशाख ७७, सोमबार

२९ वैशाख, काठमाडौँ ।
नेकपाका नेता एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले भारतसँग सँधै सीमा विवाद भइरहनुभन्दा सीमानामा काँडेतार लगाउन उचित हुने बताएका छन् ।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सोमबार बिहानको छलफलमा उनले नेपालले अब आफ्नो सीमाको नियमन र नियन्त्रणमा जानुपर्ने बेला आएको पनि बताए । उनले सबै खालका तथ्य र तर्कका साथ भारत र चीन सरकारसँग कुरा गर्नुपर्ने पनि बताए । चीन सरकारसँग पनि कुरा गर्नुपर्छ ।

दुवै देशसँग कुरा गरेर सीमाको विवाद सुल्झाउन सरकारले तत्काल प्रयास थाल्नुपर्छ । अनि आफ्नो सीमामा सीमामा भवन निर्माण गर्ने र सुरक्षाकर्मी राख्ने उचित प्रबन्ध गर्नुपर्छ, उनले भने ।

Advertisement

उनले नेपालमा भारतविरोधी भावना बढेकोमा भारतीय शासकहरुमा चिन्ता बढेको देखिने भन्दै नेपालको भूमिमाथि नै दावा गर्ने भारतका कामले यस्तो भएको पनि बताए । सानो छिमेकी राष्ट्रप्रति भारतको धारणा ठीक छैन कि भन्ने गम्भीर आशंका भएको छ । नेपाल र भारतबीचमा भएका सन्धिलाई भारतले उल्लंघन गरेको छ ।

नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप गरेको छ, उनले भने । उनले नेपालको पश्चिम सीमाना लिम्पियाधुरामा पर्ने भन्दै काली नदी नै सीमा नदी हो भन्ने नक्सा र तथ्य प्रमाण भएको बताए । लिम्पियाधुराबाट बग्ने काली नै सीमाना नदी हो भन्ने दस्तावेजहरू पनि पर्याप्त छन्, उनले भने, यो कुरा भारत सरकारले पनि त्यतिबेला स्वीकार गरिसकेको ।

Advertisement

उनले सरकारले भिडियो कन्फ्रेन्समार्फत् भारतसँग कुरा गर्नुपर्ने पनि बताए । यसमा कोरोना भनेर आलटाल गर्नु नहुने पनि उनले बताए । उनले नेपालले आफ्नो सबै भूमि समेटेको नक्सा सार्वजनिक गरिहाल्नु पर्ने पनि बताए ।

भूमि सुधारमन्त्री पद्मा अर्यालले दुई सय वर्षदेखि लिपुलेक क्षेत्र नेपालको नक्सामा छैन भन्ने अभिव्यक्ति दिएको आफूले सुनेको भन्दै उनले यो कुरा गलत भएको पनि बताए । आफ्नै पार्टीकी मन्त्रीको अभिव्यक्तिबारे उनले भने मन्त्रीले यस्तो कुरा बोलेको हो भने सरकारलाई विवादित बनाउने अभिव्यक्ति दिनु हुन्न ।

बोलेको होइन भने खण्डन दिनुपर्छ । र नक्सा तत्काल सार्वजनिक गर्नुपर्छ ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top