प्रधानमन्त्रीको आलोचना गर्दै गगन थापाले सुनाए वाल कविता

२९ बैशाख ७७, सोमबार
Share this
730shares

२९ वैशाख, काठमाडौं ।
सांसद गगन थापाले संसदमा कविता वाचन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरेका छन् ।

Advertisement

भारतले नेपाली भूमि मिचेको, विदेशमा अलपत्र परेका नागरिकहरुको पीडा सरकारले नसुनेको विषयमा थापाले कविताबाटै प्रधानमन्त्रीको आलोचना गरेका हुन् । भारतले नेपाली भूमि मिचेको विषयमा थापाले कविताको पहिलो हरफमा भनेका छन , ‘‘छैन यहाँ देशको नक्सा मेटिएको, न त लिपुलेक लाई डोजरले रेटिएको, यस्तो सबल सरकार छ सीमा कसले मिच्ने, कोही छैनन जोरी खोज्ने को ही छैन्न हेप्ने ।’’

थापाले कोरोना महामारीको समयमा गरिब जनताले राहत नपाएको, विदेशमा अलपत्र परेका नागरिकहरुको आवाज सरकारले नसुनेको भन्दै ब्यंग्य गरेका छन ।
उनको कविता जस्ताको त्यस्तै

Advertisement

म त भाग्यमानी
छैन यहाँ देशको नक्सा मेटिएको
न त लिपुलेकलाई डोजरले रेटिएको
यस्तो सबल सरकार छ सीमाकसले मिच्ने
कोही छैनन जोरी खोज्ने को ही छैन्न हेप्ने
सयौँं कोस हिड्दा पनि श्रमिक छैनन आहात
गरिबलाई सम्मान छ गरिबलाई राहात
विदेशमा कोही पनि अलपत्र छैनन्
दुःखपीडा सुनाउने ती नेपाली नै होइनन् ।
जनताको व्यथालाई ध्यानदिएर सुन्ने
कृषक साना व्यापारीको सारै मर्म बुझ्ने
भ्रष्टाचारलाई नसहने सरकारको छ नी
हावादारी हल्ला हुन ओम्नी र यती
सबैतिर वाहवाह यस्तो विकास देख्दा
पत्रकार नी दंग छन् यी समाचार लेख्दा
कोमल हृदयका प्रधानमन्त्री आँसु कवि हाम्रा
दिन नविराई सिर्जना छ, आहा कति राम्रा
राहत खोज्दै आउनेलाई तीनै गीत दिउँला
गीत कविता भट्याउँदै कालापानी जाउँला
सारा नेपाल हाँसेको छ मेचीकाली गाउँछ ।
आँसु आए बरु त्यही गीतले आउँछ ।
यस्तो नायक गजबका ल्यायौँ जानीजानी
ओहो हामी नेपाली त सारै भाग्यमानी
आहो साह्रै भाग्यमानी म त भाग्यमानी

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top