१०१ वर्ष पुगे संस्कृतिविद् सत्यमोहन जोशी

३० बैशाख ७७, मंगलबार

३० वैशाख, काठमाण्डौ ।
वाङ्मय शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशी १ सय १ वर्षका पुगेका छन्।

Advertisement

१९७७ साल वैशाख ३० गते ललितपुरको बखुम्बहालमा जन्मेका थिए। गतवर्ष एक सय वर्ष पुगेको उपल्क्षयमा ललितपुर महानगरले जोशीको सम्मानमा नागरिक अभिनन्दन गरेको थियो। लकडाउनका कारण जोशीको जन्मदिनको उपल्क्षयमा यसपटक भने कुनै कार्यक्रम राखिएका छैनन्।

जोशीले यसपटक आफूलाई शुभकामना दिनेहरुलाई धन्यवाद दिँदै कोरोना महामारीसँग लड्न गरिएको लकडाउन पालना गर्न सबैलाई आग्रह गरेका छन्। यसैबीच अमेरिकी राजदूत र्‍याण्डी बेरीले ट्वीट गर्दै जोशीलाई जन्मदिनको शुभकामना दिएका छन्।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top