×

NEPAL TIMES UPDATES

Playing
पाकि*स्तानमा अ*मेरिका–इरा*न वार्ताको तयारी, सवारी प्रतिब*न्ध,सुर*क्षा क*डा|| Nepal Times
Apr 20, 2026
Playing
जेनजी आन्दो*लनपछि सुधनको ५० लाखको शेयर, दीपक भट्ट साझेदार || Nepal Times
Apr 20, 2026
Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026

प्रधानमन्त्रीलाई संसदमा उपस्थित हुन सांसदको आग्रह

३० बैशाख २०७७

३० वैशाख, काठमाडौं ।
नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले सिद्धान्त र प्राथमिकता माथिको छलफलका क्रममा प्रधानमन्त्री उपस्थिति हुनुपर्ने बताएका छन् ।

विश्व कोरोनासँग लडिरहेका बेला मुलुकलाई कसरी चलाउने, जनताको जीवनरक्षा कसरी गर्ने भन्ने विषयमा जनप्रतिनिधिले राय दिइहेका बेला प्रधानन्त्रीेको उपस्थिति संसदमा हुनुपर्ने उनले बताए । अहिले आम नागरिकको धारणा, चिकित्सकहरुको धारणा र श्रमिकहरुको अवस्थाका विषयमा संसदमा प्रतिनिधिहरुले कुरा उठाइरहेका बेला प्रधानमन्त्री उपस्थित भए राम्रो हुने धारणा उनले राखे ।

Advertisement
Advertisement

उनले भने, ‘‘अहिलेको अवस्था, आमनागरिक, चिकित्सकहरुको धारणा, श्रमिकहरुको अवस्था कस्तो छ ? भनेर जनप्रतिनिधिले आफ्नो धारणा राखिरहेका बेलामा प्रधानमन्त्री उपस्थित हुनुभयो भने राम्रो हुन्थ्यो ।’’ कोरोना नियन्त्रणका लागि अग्रपंक्तिमा खटिएका चिकित्सक, सुरक्षाकर्मी, सरसफाईकर्मी र एम्बुलेन्स चालकहरुको सुरक्षाकालागि सरकारलाई गम्भिर बन्न पनि उनले आग्रह गरे ।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङ्देनले छलफलका क्रममा अर्थमन्त्रीको अनिवार्य अपस्थितिको माग गरेका छन । छलफलका क्रममा आफ्नो धारणा राख्दै लिङ्देनले प्रतिनिधसभा बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा अर्थमन्त्री उपस्थिति नभए कर्मकाण्डी मात्रै हुने बताए ।

उनले भने, ‘‘हामी छलफलमा छौँ । यो छलफलपछि अर्थमन्त्रीले जवाफ दिनुहुन्छ । हाम्रो छलफल कसले सुनिराख्नु भएको छ । सभामुख महोदय म अर्थमन्त्रीको उपस्थिति माग गर्छु । अनि मात्रै आफ्नो कुरा राख्छु । अनिमात्रै मेरो समय प्रारम्भ हुन्छ । सभामुख महोदय म अर्थमन्त्रीको उपस्थिति चाहान्छु ।

कर्मकाण्डका लागि यो सभाकिन सञ्चालन भइरहेको छ । म उहाँको भौतिक उपस्थिति चाहान्छु ।’’ सांसद लिङ्देनले सरकारले समाजवादउन्मुख आर्थिक कार्यक्रमको कुरा गरेपनि रोजगारी सिर्जना गर्ने उद्योग निर्माण तर्फ ध्यान जान नसकेको बताए ।

हजारौँ मान्छेलाई रोजगारी दिने उद्योग सञ्चालन गर्नेलाई २० वर्षसम्म कर नलिने घोषणा सरकारले किन गर्न सक्दैन भनेर प्रश्न गरे । कर्णालीको स्याउ खेर गएको र त्यहाँको जडिबुटीमा विचौलियाहरुले फाइदा लिएको उल्लेख गर्दै लिङ्देनले कर्णालीमा गएर फलफुलसँग उद्योग खोल्नेलाई कर छुट र अनुदान दिने कार्यक्रम सरकारले किन ल्याउन सक्दैन भनेर समेत प्रश्नगरे ।

उनले भने, ‘‘मेरो मनमा लाग्छ कर्णालीमा स्याउ खेर गएको छ । कर्णालीको जडिबुटीमा विचौलीयाहरुले फाइदा लिएका छन् । कर्णालीमा गएर कसैले फलफुलसँग सम्बन्धित उद्योग खोल्छ भने उसलाई कर छुट मात्रै होइन अनुदान दिने कार्यक्रम किन ल्याउदैन होला? नीति तथा कार्यक्रम किन ल्याउन सक्दैन होला ?

यो समाजवाद उन्मुख आर्थिक प्रणालीमा यो कुरा समेट्न सकिन्छ की सकिदैन अर्थमन्त्रीज्यूलाई मेरो प्रश्न ।’’ सांसद लिङ्देनले गाउँगाउँमा उद्योगधन्दा सञ्चालन गर्नेलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याएर त्यसलाई प्राथमिकता दिनुपर्ने बताए ।

Advertisement

जतिसुकै सिद्धान्तका कुरा गरेपनि बजेट विनियोजन हुँदा राजनीतिक प्रभावले नेताहरुको गोजिबाट बजेट छनोट हुने गरेको बताए ।

भर्खरको समाचार

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

सम्बन्धित खबरहरु

Scroll to Top