करिब आधा अमेरिकीलाई राष्ट्रपति ट्रम्पको कार्यशैली चित्तबुझ्दो

वासिङ्टन, २० चैत ः करिब आधाजति अमेरिकी नागरिकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यशैली मन पराएका अथवा उनको कार्यसम्पादनको अनुमोदन गरेका छन् ।
अमेरिकी मतदाताहरुमा गरिएको एक सर्वेक्षणा उनीहरुले यस्तो बताएका छन् । अमेरिकाका मतदाताहरुमा हालै मात्र गरिएको एक अनुसन्धानमा उनीहरुले यस्तो बताएका हुन् ।
राष्ट्रपतिको कार्यसम्बन्धी गरिएको रसामुसेन नामक एक अध्ययनको प्रतिवेदनमा यस्तो तथ्यांक आएको छ । उक्त अनुसन्धान प्रतिवेदनअनुसार राष्ट्रपति ट्रम्पको कार्यशैली मनपराउने नागरिक ४९ प्रतिशत रहेका छन् ।
तीमध्ये पनि ३३ प्रतिशतले त राष्ट्रपति ट्रम्पको कार्यशैलीलाई पूर्ण रुपमा समर्थन रहेको बताएका छन् । त्यस्तै अरु ३९ प्रतिशतले उनको कार्यशैलीको कडा रुपमा विरोध गरेका वा कत्तिपनि मन पराएका छैनन् ।
यस अनुसन्धान राष्ट्रपति ट्रम्पको दैनिक कार्यशैलीको विषयमा यहाँका एक हजार ५०० मतदातामा गरिएको थियो । तर यसअघि गतहप्ता मात्र पनि सिएनएनले गरेको यस्तै अर्को एक अध्ययनमा भने राष्ट्रपति ट्रम्पको कार्यशैली मन नपराउने व्यक्तिको संख्या ५४ प्रतिशत रहेको बताइएको थियो ।
त्यस अध्ययनमा जम्मा ४२ प्रतिशत मात्र अमेरिकी मतदाताहरुले उनको कार्यशैली मनपराएको बताएका थिए । तर हप्ता दिनमात्र पछि आएको यस प्रतिवेदनमा भने यहाँका आधाजति जनसंख्याले उनको कार्यशैली मन पराएको जनाएका छन् ।
यो अनुसन्धान हालैमात्र तीन दिन लगाएर गरिएको थियो । यस अघिको निर्वाचनमा सहभागी मतदाताहरु नै यस सर्वेक्षणमा सहभागी रहेका अनुसन्धानदाता संस्थाले जनाएको छ ।
अमेरिकी राष्ट्रपतिको कार्यालयबाट पछिल्लो समयमा राष्ट्रपति ट्रम्पका सहयोगी तथा सल्लाहकारहरुको समूह एकपछि अर्कोगर्दै बाहिरिएको छ ।
त्यस्तै केही समयमात्र अघि पनि उनले अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनलाई बर्खास्त गरेका थिए । यसरी अमेरिकामा पछिल्लो समयमा राष्ट्रपति ट्रम्पको कार्यशैली नै मन नपराएर यस रुपमा कर्मचारीहरुले ह्वाइट हाउस छोडेका बताइएको थियो ।
यसै समयमा उनको लोकप्रियता मापन गर्नका लागि उक्त संस्थाले सो अनुसन्धान गरेको अनुमान पनि गरिएको छ ।
रासस

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top