Nepal Times
Nepal Times
3
Shares

मुसहर बस्तीमा घर निर्माण गरी हस्तान्तरण

मुसहर बस्तीमा घर निर्माण गरी हस्तान्तरण

नवलपरासी, २० चैत ः बर्दघाट नगरपालिकास्थित विपन्न मुसहर बस्तीमा घर निर्माण गरी हस्तान्तरण गरिएको छ ।
नगरपालिका–५ स्थित जीतपुर डण्डा खोलामा बस्दै आएका १० घर विपन्न मुसहर समुदायलाई घर निर्माण गरी हस्तान्तरण गरिएको हो ।

नेपाल विद्युत् प्राधिकरण भरतपुर–बर्दघाट २२० केभिए प्रसारण लाइनको आर्थिक सहयोगमा आयोजना प्रभावित विपन्न समुदायलाई घर निर्माण गरिएको हो ।
रु ३० लाखको लागतमा एसके निर्माण सेवाले घर निर्माण गरी हस्तान्तरण गरेको नगरपालिकाका प्रमुख धीरज शर्मा बस्यालले बताए । चार महिना लगाएर तयार गरिएको सो बस्तीमा सामूहिक शौचालय तीन र एक धारा पनि जडान गरिएको छ । घर निर्माण गरेसँगै १० घरपरिवारका ६० जना लाभान्वित भएका छन् ।
यसअघि जीर्णावस्थामा रहेका कच्ची घरमा बस्दै आएकामा नया“ घर प्राप्त गर्दा स्थानीयवासी खुशी भएका छन् । “धेरै समस्या थियो, बर्खामा पानीले गर्दा बस्नै सकिँदैनथियो, नया“ घर पाएका छांैँ, निकै खुशी लागेको छ”, स्थानीयवासी बुद्ध मुसहरले भने ।
प्राधिकरणको हाइटेन्सन लाइन प्रभावित व्यक्तिलाई सहयोग प्रदान गर्ने कार्यक्रमअन्तर्गत वातावरण तथा सामाजिक अध्यन केन्द्रको संयोजनमा घर निर्माण गरी हस्तान्तरण गरिएको विभागका इञ्जिनीयर हर्ष श्रेष्ठले बताए ।
रासस

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.