NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश बुधबार कार्तिक २६ , २०८२
कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त सोमवार कार्तिक २४ , २०८२
महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ? सोमवार कार्तिक २४ , २०८२
कुलमानको पार्टीको नाम,उज्यालो नेपाल नै रहने, चिम चिन्ह सोमवार कार्तिक २४ , २०८२
Next
Prev

समाचार

यसपालिको हिमाल आरोहणमा उत्साहजनक सहभागिता हुने अनुमान

मङ्लबार चैत्र २० , २०७४
Reading Time: 1 min read
A A
यसपालिको हिमाल आरोहणमा उत्साहजनक सहभागिता हुने अनुमान
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

काठमाडौँ, २० चैत ःहिमाल आरोहणको मुख्य याम बसन्त ऋतु आए सँगै आरोहीहरु धमाधम हिमाल आरोहणमा निस्कीन थालेका छन् ।सगरमाथा, मकालु, कञ्चनजङ्घा, ल्होत्से अमादब्लमलगायत हिमाल आरोहणका लागि नेपालसहित विभिन्न मुलुकका  आरोही ठूलो संख्यामा हिमालतिर लागेका हुन् ।

हिमाल आरोहणका लागि सोमबारसम्म ३४ वटा आरोहण समुहले निवेदन दिएकामा २३ समुहले आरोहण अनुमती प्राप्त गरेको पर्यटन विभागले जनाएको छ । यी मध्ये १५ वटा सगरमाथा आरोहणका लागि छन् । आरोहण अनुमती लिनेहरुलाइ आधार मान्दा यसपालिको हिमाल आरोहणमा उत्साहजनक सहभागिता हुने अनुमान गरिएको विभागले जनाएको छ ।

आरोहणका लागि सम्पर्क अधिकृत पनि खटाइसकिएको विभागले जनाएको छ । छ हजार ५०० मिटरमाथिका हिमाल आरोहणमा सरकारले सम्पर्क अधिकृत खटाउने गरेको छ ।
आरोही धमाधम गन्तव्यतर्फ जान थालेका पर्यटन विभागका महानिर्देशक दिनेश भट्टराईले बताए ।
हिमाल आरोहणलाई व्यवस्थित, सुरक्षित र जिम्मेवार बनाउन विभागले यसवर्षदेखि कडाइ गरेको उनको भनाइ छ ।
आरोहीहरु हिमालतिर लागे पनि आरोहण भने वैशाख तेस्रो साता देखि मात्र हुने जनाइएको छ । अझै पनि कतिपय आरोहण समुहनआइपुगेको र आउन केही दिन लाग्ने भएको छ ।

LS Auto

विभागबाट अनुमति प्राप्त गर्ने दल तथा आरोहीको संख्यात्मक विवरण हेर्दा सन् २०१७ मा ४३ वटा समूहका ३६६ जना र सन् २०१६ मा ३८ वटा समूहका ३१८ जना आरोहीले सगरमाथा आरोहण अनुमति लिएका थिए ।
सन् २०१७ मा २९१ समूहका दुई हजार २२६ जना र सन् २०१६ मा २७८ समूहका एक हजार ९३४जना आरोहीले सगरमाथा सहितका हिमाल आरोहण अनुमति लिएका थिए ।

यद्यपि, सन् २०१७ मा कति आरोहीले सगरमाथा चढे भनेर अहिलेसम्म यकिन विवरण आएको छैन । विभागको पर्वतारोहण शाखाका अनुसार आरोहणका केही फाइलमो ‘भेरिफाई’ नभएकाले आरोहीको संख्या यकिन नभएको हो ।
सगरमाथासहितका हिमाल आरोहणका लागि वसन्त ऋतु उपयुक्त मानिने र सो अबधिको आरोहणलाई हेर्दा सन २०१७ मा १०८ समूहका ८३४ जनाले र सन् २०१६ मा ९८ समूहका ७४०जनाले हिमाल आरोहण गरेको देखिन्छ ।

सगरमाथा आरोहणमा जानेबाट सरकारले प्रतिव्यक्ति ९विदेशी० सँग रु ११ लाख दस्तुर लिन्छ । नेपालीले रु ७५ हजार तिर्नुपर्छ । विदेशीले एक पटक सगरमाथा आरोहण गर्दा कम्तीमा रु ३० लाखदेखि रु एक करोडसम्म खर्च गर्छन् ।
ट्रेकिङ क्याम्प नेपालका सञ्चालक वाङ्चु शेर्पाका अनुसार एक आरोहीले सगरमाथा आरोहणका लागि राजस्वबाहेक रु ३० लाखभन्दा बढी खर्चनुपर्छ । सगरमाथा जाने एक समूहमा सातदेखि बढीमा १५ जनासम्म हुन्छन् ।

सेभेन समिट ट्रेक्स कम्पनीबाट यो याममा पाँच वटा समूहले सगरमाथा आरोहणका लागि अनुमति लिएका छन् अघिल्लो वर्ष छ वटा समूह थिए । सगरमाथा आरोहणमा जाने धेरैजसो चिनियाँ र युरोपेली मुलुकका आरोही रहेको कम्पनीका व्यवस्थापक निमेष कार्कीले बताए ।

आरोहणमा कडाइ
विगतमा सगरमाथा आरोहणमा फर्जी कागजात पेश गरेकोजस्ता विवादास्पद गतिविधि बढेपछि विभागले सगरमाथा सहितका हिमाल आरोहणलाई व्यवस्थित, मर्यादित, सुरक्षित र जिम्मेबार बनाउन यसवर्षदेखि कडाइ गर्ने भएको छ ।

पर्यटन उद्योग सेवा प्रवाह निर्देशिका २०७० अनुसार पर्वतारोहणलाई मर्यादित बनाउन विभागका महानिर्देशक भट्टराईले आफैँ जानकारी गराउन थालेका छन् । पहिला विभागका उपसचिवबाट यस्तो जानकारी गराइन्थ्यो । महानिर्देशक भट्टराईले आरोहणलाई थप व्यवस्थित र जिम्मेवार बनाउन यो पटकदेखि आफैँले जानकारी गराउन थालेको बताए ।

समाचारका लागि विभागको अनुमति

सगरमाथासहितका हिमाल आरोहणसम्बन्धी समाचार पनि विभागको अनुमतिबेगर प्रकाशन र प्रसारण गर्न नपाइने भएको छ । विगतमा आरोही दलका सदस्य तथा आरोही पथप्रदर्शकले आफैँ सञ्चार माध्यमलाई अनर्गलरूपले जानकारी गराउँदा विकृति आएकाले यो यामदेखि पहिला विभागमा जानकारी गराउनुपर्ने र विभागको अनुमतिपछि मात्र सञ्चारमाध्यमलाई जानकारी गराउन बाटो खुल्ला गरेको हो ।

सम्पर्क अधिकृतसँगै नजाने र एजेन्सीबीच समन्वय नहुने प्रवृत्ति बढेको भन्दै विभागले यस्तो गरेको पाइए कडा कारवाही गरिने जनाएको छ । आरोहणमा जाँदा ड्रोन क्यामरा प्रयोगमा कडाइ गर्नुका साथै आरोहणमा जानेले प्रतिआरोही कम्तीमा छ वटा अक्सिजन सिलिन्डर लैजानुपर्ने व्यवस्था गरिएको छ ।

फोहर व्यस्थापन र सगरमाथाको चुचुरोमा लैजाने झण्डालाई कडाइ गरिएको छ । हेलिकोप्टरको प्रयोग उद्धारमा मात्र गरिनुपर्ने र क्याम्पको नजिक अवतरण गर्न नदिन एजेन्सीलाई जिम्मेवार बनाइनेछ । उल्लिखित काममा अटेर गरेमा आरोहण प्रमाणपत्र जारी नहुने, आरोहीले राखेको फोहर धरौटी फिर्ता नहुने तथा आरोहण राजस्वको दोब्बर रकम तिर्नुपर्ने र जरिवानासहित नेपालमा आउन पाँचदेखि १० वर्ष प्रतिबन्ध लगाइने कानूनी व्यवस्था छ ।
रासस

लोकप्रीय

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२

विचार

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२

थप समाचार

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश
आर्थिक

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत
ताजा समाचार

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त
ताजा समाचार

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२
महावीरको महान निर्णयः किमोका औषधि नेपालमै
ताजा समाचार

महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ?

सोमवार कार्तिक २४ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: South Korea र अमेरिकी सेनाबीच संयुक्त अभ्यास, Trumpले कर फिर्ता|| Nepal Times

World News: South Korea र अमेरिकी सेनाबीच संयुक्त अभ्यास, Trumpले कर फिर्ता|| Nepal Times

00:16:08

World News:आगामी यु*द्ध अन्तरिक्षबाट, Bangladeshमा चुनावकै दिन जनमत संग्रह || Nepal Times

00:18:13

World News: कोरियाली गुप्तचर पूर्वनिर्देशक पक्रा**उ,दिल्ली वि*स्फो*टविरुद्ध अमेरिकाले सघाउने

00:17:13

World News: स्टार्मरको कुर्सी हल्लियो, फ्रान्ससंग ट्रम्प रुष्ट, पाकिस्तानलाई भारतको जवाफ

00:20:29

World News: ग्लेसियर २ महिनामै ‘आधा’, अस्ट्रेलियामा लुसिफर, मलेसियामा जोखिमपूर्ण यात्रा

00:18:44

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमानको पार्टीको नाम,उज्यालो नेपाल नै रहने, चिम चिन्ह

सोमवार कार्तिक २४ , २०८२
ओलीलाई गगनले दिए गतिलो जवाफ,निर्वाचन सफल बनाउने

ओलीलाई गगनले दिए गतिलो जवाफ,निर्वाचन सफल बनाउने

सोमवार कार्तिक २४ , २०८२
महावीरको महान निर्णयः किमोका औषधि नेपालमै

महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ?

सोमवार कार्तिक २४ , २०८२

हालका पोस्टहरू

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.