कोरोना कहर र सीमा सुरक्षामा गम्भिर बन्न सांसदहरुको सरकारलाई सुझाव

३० बैशाख ७७, बुधबार

३१ बैशाख, काठमाडौं ।
राष्ट्रियसभाको विशेष समयमा बोल्ने सांसदहरुले सीमा समस्या समाधान र कोरोना महामारी पछि आउने अवस्थाको सामना गर्न सरकार तयार हुनुपर्ने बताएका छन् ।

बुधबारको राष्ट्रियसभा बैठकमा बोल्दै सांसदहरुले भारतले मिचेको नेपाली भूमि फिर्ताका वार्ताको प्रकृया थाल्न सरकारलाई आग्रह गरेका छन् । सांसद रमेशजंग रायमाझीले राष्ट्रियता र लोकतन्त्र अपहरणमा परेको उल्लेख गर्दै समस्या समाधानकालागि सरकार गम्भिर नभएको बताए ।

रोटी र बेटी सम्बन्ध भएको बताउने छिमेकी भारतले नेपालको राष्ट्रियता अपहरण गरेको उनको भनाई छ । भारतसँगको सीमा समस्या समाधानकालागि सम्पूर्ण राजनीतिकदलहरुले साथ दिँदापनि सरकारले वार्ताको पहल समेत गर्न नसकेको उनले बताए । रायमाझीले प्रधानमन्त्रीको कार्यशैलीले लोकतन्त्र अपहरणमा परेको बताए ।

Advertisement

सांसद भैरवसुन्दर श्रेष्ठले सुगौली सन्धीविपरित भारतले नेपालको सीमाना अतिक्रण गरिरहेको बताए । परराष्ट्रमन्त्री र प्रधानमन्त्रीस्तरमा समस्या समाधानकालागि वार्ता गर्न पनि उनले सरकारलाई सुझाव दिए । प्रधानमन्त्रीस्तरको वार्ताबाट पनि समस्या समाधन नभए अन्तर्राष्ट्रिय अदालत जानुपर्ने उनको भनाई छ ।

नेपालभारत प्रवुद्ध समूहले बनाएको प्रतिवेदन सदन पेश गर्न मागगर्दै उनले एक आर्थिक वर्षको बजेट सीमानामा पर्खाल लगाउनका लागि छुट्याउन पनि आग्रह गरे । सांसद माया प्रसादशर्माले कोरोनाभाइरस र छिमेकी देशको भाइरसले नेपालमाथि आक्रमण गरिरहेको बताइन ।

Advertisement

विश्व कोरोनासँग लडिरहेका बेला भारतले कोरोनाको रुपमा नेपालमाथि आक्रमण गरिरहेको उनले बताइन । कोरोना नियन्त्रणका लागि देशभरी औषधि, दक्ष जनशक्तिलगायत अन्य स्वास्थ्य उपकरणको व्यवस्था गर्न तर्फ सरकारको ध्यानाकर्षण गराइन ।

सांसद शेखरकुमार सिंहले नेपालभारत सीमा समस्या वार्ताको माध्यमबाट समाधान गर्न आग्रह गरे । भारतबाट नेपाल भित्रिएका नागरिकमा कोरोना संक्रमण देखिएको उल्लेख गर्दै उनले सरकारले यसको व्यवस्थापनकालागि ध्यान दिनुपर्ने बताए ।

सांसद खिमलाल भट्टराईले कोरोना संक्रमणबाट देशलाई जोगाउन भएका सरकारी प्रयासहरु सार्थक भएको उल्लेख गरे । विभिन्न अस्पतालमा आइसोलेसन वार्ड आइसियुको व्यवस्थाहुनु, रहेका पालिकामा क्वारेन्टाइन निर्माण गरिनु, देशव्यापी लक डाउन गरी राहतको व्यवस्थापन गर्नु सरकारका सकारात्मक प्रयास भएको उनले बताए ।

सरकारले गरेका राम्रा कामहरुलाई पनि गरे भनेर जनतामा भ्रम छर्ने काम भएको उनले बताए । ‘‘राज्यका सम्बन्धित निकायहरुले छानबिन गरिरहेका वाईडवडी वा स्वास्थ्य सामग्री खरिद जस्ता विषयहरु उछालेर सरकारको भ्रष्टाचार विरुद्धको संकल्प र महाअभियानमाथि भ्रम छर्ने प्रयास भएको छ’’, उनले भने ।

भारतलगायत विभिन्न मुलुकबाट नागरिकहरु स्वदेश फर्केपछि बेरोजगारी समस्या उत्पन्न हुने उल्लेख गर्दै उनले यसको व्यवस्थापन तर्फ सरकारको ध्यान जानुपर्ने उनले बताए । खुला नाकाबाट लुकेर नेपाल प्रवेश गरिरहेको अवस्थाले भोली भयावह स्थिति आउने भन्दै सीमा क्षेत्रमा अलपत्र नागरिकरुको उचित व्यवस्थापन गर्न उनले आग्रह गरे ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top