×

NEPAL TIMES UPDATES

Playing
Watch Top50 News Of The Day || Baisakh-21-2083 || Nepal Times|| Nepal Times
May 04, 2026
Playing
नेपालमा घण्टी बज्यो, तमिलनाडुमा सिठ्ठी|| Nepal Times
May 04, 2026
Playing
हिजबुल्लाहले पायो रुसी हति यार, Israelले रोक्न नसक्ने, फेरि खत रनाक खेल || Nepal Times
May 04, 2026
Playing
घरमा छापा मारेपछि आत्तिएका मुख्यमन्त्री बानियाँ के भन्दैछन् ?|| Nepal Times
May 04, 2026
Playing
युरोपेली गुप्तचरको निष्कर्ष– पुटिनको ह त्या हुन सक्छ|| Nepal Times
May 04, 2026
Playing
आज कोशीसम्मै वर्षा, हुरीबतास र चट्याङबाट बच्नु, बीपी राजमार्ग बन्द|| Nepal Times
May 04, 2026
Playing
Cambodia मा कठोर कानुन लागूः ५ लाख डलर जरिबाना र आ जीवन कैद || Nepal Times
May 04, 2026
Playing
बालेन सरकारले भारतसँग मल किन्ने, तर भारतले नै थापेको छ अड्को|| Nepal Times
May 04, 2026
Playing
अमेरिकी सैन्य कारबाही ‘असम्भव’ भएको इरानको दाबी, ट्रम्प आशावादी|| Nepal Times
May 04, 2026
Playing
विजय थलपति तमिलनाडुका मुख्यमन्त्री बन्दैः जोसंग छ ६०३ करोड भारू|| Nepal Times
May 04, 2026

क्वारेन्टाइनमै जन्मिएका जुम्ल्याहा हेरेर पीडा बिर्सिंदैछिन् अनिता

१ जेष्ठ २०७७

१ जेठ, दाङ ।

दाङको तुलसीपुरस्थित रक्षाचौरमा रहेको क्वारेन्टाइनमा रहेकी अनिता यादवलाई सुत्केरी व्यथा लागेपछि गत शुक्रबार राति राप्ती प्रादेशिक अस्पताल, तुल्सीपुरमा लगियो । अस्पताल पु¥याएलगत्तै जुम्ल्याहा शिशु जन्मिए । जुम्ल्याहा दिदीबहिनी अनिताका पाचौँ र छैटौं सन्तान हुन् । कम तौलमै जन्मिएकाले शिशुलाई सोही दिन तुलसीपुरको तुलसीबाल अस्पताल पठाइयो र हाल अतिसघन कक्ष (एनआइसियु) मा राखेर उपचार भइरहेको छ ।

Advertisement
Advertisement

अहिले अनिता पनि दाङको तुलसीबाल अस्पतालको आइसोलेशन वार्डमा रहेकी छिन् । तुलसीपुर उपमहानगरपालिकाकी ३५ वर्षीया अनिता यादवका ६ दिनअघि जन्मिएका जुम्ल्याहा छोरीको स्वास्थ्य अवस्था सुधारोन्मुख छ । यसअघि उनका दुई छोरी र दुई छोरा छन् । जुम्ल्याहा छोरीको स्वास्थ्यमा सुधार आएको खबरले अनिताले सुत्केरीपूर्वको लामो तथा कष्टपूर्ण हिँडाइ र त्यो अवस्थाको क्वारेन्टाइन बसाइँका सबै पीडा बिर्सन थालेकी छिन् ।

अनिता भारतको बलरामपुर जिल्लाको विलौनीस्थित माइतीघरबाट पैदलै हिँडेर गत बिहीबार घर आइपुगेकी थिइन् । उनी तीनदिनसम्म १५ किलोमिटर दूरीको जङ्गल हुँदै स–साना पहाड र कच्ची तथा जोखिमपूर्ण बाटो लगातार करिब १२० किलोमिटरको दूरी पैदलै हिँडेर तुलसीपुर उपमहानगरपालिका–१३ स्थित आफ्नो घर पुगेकी हुन् । माइतीबाट यो बाटो एक्लो यात्री बनेर उनी घर पुगेकी थिइन् ।

कोरोना महामारीका कारण भारत र नेपालमा पनि लकडाउनका कारण उनलाई यस्तो सास्ती भएको थियो । गर्भवती अनिता यस्तो जोखिममा हिँडेरै घर त पुग्नुभयो तर घरमा खानपिन गर्न र केही समय आराम गरी बस्न भने पाइनन् । घरभित्र पस्न नपाउँदै गाउँलेले थाहा पाए र भारतबाट आएको भन्दै उपमहानगरपालिकालाई खबर गरिदिए । एकैछिनमा उपमहानगरपालिकाको टोली आयो र उनलाई तुलसीपुरस्थित क्वारेन्टाइनमा लगेर राखियो ।

‘पेटमा जम्ल्याहा रहेछन्, त्यत्रो लामो बाटो हिँडेर आएँ तर घरमा बस्न पाइनँ, भोक लागेको बेला केही खाएर आराम गर्न पनि पाइनँ । त्यति दुःख कष्ट गरी धेरै समयपछि घरमा आइपुगेकी थिएँ, श्रीमान् र छोराछोरीको मुख देख्न पनि पाइन । म निकै रोएँ तर उहाँहरुले सम्झाउनुभयो । पछि यही क्वारेन्टाइनमा ल्याएपछि खाना र बास पाएँ, एकरात आराम पाएँ । त्यो रात कसरी बित्यो मलाई थाहा भएन तीन दिनदेखि हिँडेको र यो अवस्थाको शरीर निकै गलेको रहेछ’, उनले भनिन् ।

शुक्रबार उनलाई सुत्केरी व्यथा लागेपछि राप्ती प्रादेशिक अस्पताल पु¥याइयो । जुम्ल्याहा छोरी जन्मिए । तर निकै कम तौलका जन्मिए । यादव र उनका नवजात शिशुलाई गत शनिबार बिहानै प्रादेशिक अस्पतालले सिफारिस गरी तुलसीबाल अस्पताल पठायो । अहिले दुई सन्तान सोही अस्पतालको एनआइसियुमा छन् भने आफू त्यहीको आइसोलेशन कक्षमा ।

राप्ती प्रादेशिक अस्पतालका प्रसूति रोग विशेषज्ञ डा.विनोद सिंहले भने, ‘उहाँ आफ्नो माइतीघर भारतको बलरामपुरबाट धेरै कष्टपूर्ण पैदल यात्रा गरी आउनुभएको रहेछ । व्यथा लागेपछि अस्पताल ल्याइयो जाँच भयो तर शरीरमा तागत पटक्कै थिएन । रगतको मात्रा निकै कम देखिएपछि शल्यक्रियाको तयारी भयो । रगतको व्यवस्था पनि भयो । तर पछि साधारणरुपमा ९नर्मल डेलिभरी० बाट नै जुम्ल्याहा शिशु जन्मिए ।’

गत माघ महिनाको पहिलो हप्ता श्रीमानसँग सामान्य विवादपछि अनिता माइतीमै बसेकी थिइन् । मसुरो र गहुँ काट्ने समय भएकाले त्यहाँ काम पाएको बताउने अनिताले सुत्केरी हुने समय आएपछि माइतीमा बच्चा जन्माउन हुँदैन भन्ने भयो र चार सन्तानको यादले पनि सतायो । त्यसैले उनी घर फर्किइन् । तर यो बेला पहिलेजस्तो सजिलो थिएन । ‘यस्तो अवस्थामा छु, मानिससँग हारगुहार गरेर पनि जान्छु भन्ने लाग्यो र बाटो लागेँ । घरपरिवारको यादले पनि सताउन थालेपछि हिँडेर भए पनि घरमै जान्छु भनेर निधो गरेर हिँडेको हुँ’, उनले भनिन् ।

उनले भनिन्, ‘जङ्गलको यात्रा गर्दा वन्यजन्तु, सर्पको डरको कुनै प्रवाह गरिनँ, सुत्केरी हुने समय नजिक आएको छ कतै जङ्गलमा व्यथा लागेपछि के गरुँला भन्ने त्रास त थियो तर छिटोछिटो गरी हिँडे । भोक लाग्यो, तिर्खा लाग्यो, खुट्टा भत्भती पोल्न थाले तर पनि कतै नरोकिई सकीनसकी हिँडेरै यहाँ पुगेँ’ तुलसीबाल अस्पालमा उनले भनिन् । पहिलो दिन नौसरा गाउँका एक व्यक्तिको घरमा बास मागेको र त्यसको भोलिपल्ट राप्ती नदी तरेर नजिकै रहेको घरमा बास मागेको बताए । त्यस घरको एक कोठामा एकरात बिताएर तेस्रो दिन आफ्नो घर पुगेको उनले बताइन् ।

‘क्वारेन्टाइनमा ल्याइएको भोलिपल्ट बिहान १० बजे पेट दुख्न थालेपछि जानकारी गराएँ, एकैछिनमा त्यहाँबाट गाडीले प्रादेशिक अस्पतालको प्रसूति कक्षमा लग्यो, त्यहीँ शिशु जन्मिए त्यसपछि यहाँ आएको हो’ उनले बताइन् । तुलसीबाल अस्पताल तुलसीपुरका वरिष्ठ बालरोग विशेषज्ञ डा.किशोर खत्रीले विगत चार दिनदेखि सुत्केरी आमालाई आइसोलेशन र नवजात शिशुलाई एनआइसियुमा राखेर उपचार गरिएको बताए । उनले आमा र जुम्ल्याहा दिदीबहिनीको उपचार शुल्क आफूले नलिने यसअघि नै घोषणा गरिसकेका छन् । अनितालाई क्वारेन्टाइमा नल्याएको भए आमा र शिशुको ज्यानसमेत जोखिममा रहेको डा.खत्रीले बताए ।

सुत्केरी र उनका श्रीमानको अस्पताल बसाइँको खानाको व्यवस्था उपमहानगरपालिकाले गरेको छ । डा.खत्रीका अनुसार दुवै बच्चाको तौल सामान्यभन्दा धेरै कम भएकाले एनआइसियुमा राखेर उपचार गरिएको हो । आज ६ दिनभयो उनीहरु जन्मिएको । अहिलेसम्म दुवै शिशुको स्वास्थ्य अवस्था सुधारोन्मुख हुँदै गएको डा.खत्रीले बताए । त्यस्तै सुत्केरीको पनि आज धैरै सुधार भएको उनको भनाइ छ ।

सुत्केरी अनिताको आइतबार कोरोना भाइरसको पिसिआर विधिबाट स्वाब परीक्षण गरिएको र रिपोर्ट नेगेटिभ आइसकेको छ भने नबजात शिशुको स्वाब परीक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा लगिएको छ ।

एनआइसियुको दैनिक खर्च १४ हजार लाग्ने भए पनि शिशुले सहजै आमाको दूध चुस्न सक्ने नभएसम्म त्यही राखेर उपचार गरिने डा.खत्रीले बताए । शिशु जन्मेको ६ दिन भयो तर अनिताले अझै ती शिशुलाई आफ्नो काखमा राख्न पाउनुभएको छैन । अस्पतालको आइसोलेशन वार्डमा रहेकी सुत्केरी यादवलाई मङ्गलबार पनि रगत दिइएको थियो । अनिता भन्छिन्, ‘पहिला त म घर बस्न नपाएकामा निकै रोएँ तर त्यो क्वारेन्टाइनमा मलाई नल्याएको भए यति खर्च गरेर कसले सुत्केरी गराउँथ्यो होला र भन्ने लागेको छ । मेरो र जुम्ल्याहा छोरीको ज्यान खतरामा रहेछ । मलाई अहिले डाक्टर नै भगवानजस्तै लागेको छ । उहाँहरुको यो ऋण म कसरी तिरौँ भन्ने लागेको छ ।’

‘यहाँ म अब बोल्नसक्ने हिँडेर शौचालय जान सक्ने भएकी छु । अस्पतालमा स्वास्थ्यकर्मीले पटक पटक आएर हेरविचार, खाना नास्ता दिनुभएकाले राम्रो भएको छ । अहिले यहाँ मत सबै ठीक भएकी छु तर मेरो मनले घरमा रहेका छोराछोरीलाई सम्झिरहेको छ । छिटो सन्चो भएर जानपाए हुनेथियो भन्ने लागेको छ’, उनले भनिन्।

तुलसीबाल अस्पताल यस जिल्लाको बालबालिका तथा प्रसूति सेवाका लागि सुविधासम्पन्न अस्पताल हो । यसका सञ्चालक तुलसीपुर निवासी बालरोग विशेषज्ञ डा खत्रीले देशमा आइपरेको यस्तो असहज परिस्थितिमा पनि यी सुत्केरी र शिशुको ज्यान बचाउन सकेकामा खुशी लागेको बताए । उनले यसअघि पनि यस्ता गरिब तथा निमुखाको उपचार खर्च अस्पतालले मिनाहा गर्ने गरेको सुनाए । यस अस्पतालले यसअघि पनि विपन्न वर्गका नागरिकका बालबालिकालाई निःशुल्क शल्यक्रिया तथा उपचार सेवा दिँदै आएको छ । सो अस्पतालमा अन्य चारजना विशेषज्ञ चिकित्सक पनि कार्यरत रहेका छन् ।

अस्पतालका प्रमुख व्यवस्थापक कमला बस्नेतले यस्तो महामारीको बेलामा विपद्मा परेकालाई सहयोग गर्न पाउँदा अस्पताल परिवार नै खुशी रहेको बताइन् । उनले सुत्केरी हुने दिन नै नजिकिएको एकजना महिला तीन दिनको हिँडाइपछि यसरी जुम्ल्याहा बच्चा जन्माएको समाचार सुन्दा नै आफूलाई निकै पीडाबोध भएको भन्दै यो सबै अवस्था थाहा पाएपछि मानवताको नाताले पनि सहयोग गर्न मन लागेको बताइन् । अस्पतालले आमा र शिशु पूर्णरुपमा स्वस्थ नहुँदासम्म डिस्चार्ज नगर्ने जनाएको छ ।

Advertisement

अनिताका ४५ वर्षीय श्रीमान् तिलकराम यादवले अब जुम्ल्याहा छोरीलाई कसरी पालन पोषण गर्ने भन्ने चिन्ता रहेको बताए । उनले श्रीमती र छोरीहरुको राम्रो स्याहार गर्ने बताए । अनिता मुस्लिम समुदायकी छोरी हुन् । उनका श्रीमान् तिलकराम पनि भारतको बलरामपुरका स्थायी बासिन्दा हुन् । उनीहरुको विसं २०५८ मा बिहे भएको थियो । हाल उनीहरुले तुलसीपुर उपमहानगरपालिकाको–१३ स्थित सास्स खुट्टीको ऐलानी जग्गामा सानो कच्ची घर बनाएर बस्दै आएका छन् ।– नारायणी रजौरे/रासस

भर्खरको समाचार

पुटिनको ज्यान जोखिममा, सुरक्षा बढाइयो

Vladimir-Putin

मलको हाहाकार र युद्धको बाछिटाः बालेनले किसानलाई मल देलान् ?

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

राजा महेन्द्रको मौनताले गुमेको थियो लिपुलेक र कालापानी ?

mahendra-bir-bikram-shah-dev-59d8aa66ea8d42.19514437_MYCML1jMkd

रास्वपाबाट पालिकाको उम्मेदवार बन्न पनि चुनाव जित्नु पर्ने

balen rabi rasopa team

अमेरिकी एफ–३५ लडाकु विमान खसाल्ने चिनियाँ ‘ट्युटोरियल’ भाइरल

Screenshot 2026-05-04 132111

होर्मुजमा ट्रम्पले घोषणा गरेको प्रोजेक्ट फ्रिडम के हो ?

HORMUZ

बालेन सरकार र शीतल निवासबीचको सम्बन्धमा दरार ? यस्ता छन् ३ विकल्प

42412c11-68f9-4814-ade7-2710d505dd4c

लिपुलेकबारे नेपालको कडा नोटपछि मध्यरातमा भारतले के दियो जवाफ ?

Screenshot 2026-05-04 102749

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top