बाजुरा, २१, चैत ः गौमूल गाउँपालिका–५ मानाकोटमा जंगली फल खाँदा स्थानीयवासी चार वर्षीया सुनिमा रोकायको आज मृत्यु भएको छ ।
जंगलमा फलेको मछाइनु नामक फल खाँदा बालिका बिरामी परेको र उपचारका लागि जिल्ला स्वास्थ्य कार्यालय बाजुरामा ल्याइएकामा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले जानकारी दिए ।
रासस