×

NEPAL TIMES UPDATES

Playing
बालेनले गर्नुपर्ने काम गर्दैछन् रवि|| Nepal Times
May 04, 2026
Playing
समुद्रको जहाजमा कसरी फैलियो हान्टा भाइरस ?कसरी बच्ने ?|| Nepal Times
May 04, 2026
Playing
लिपुलेक गुम्नुको जरा राजा महेन्द्रसँग कसरी जोडिएको छ ? || Nepal Times
May 04, 2026
Playing
World News:इ*रानको प्रस्तावमा छलफल तीव्र, होर्मुजमा प्रोजेक्ट फ्रिडम अपरेशन|| Nepal Times
May 04, 2026
Playing
राष्ट्रपतिले फिर्ता पठाएको अध्यादेश सरकारले हुबहु पठायो || Nepal Times
May 04, 2026
Playing
Top 15 Afternoon News || May-04-2026 || Nepal Times
May 04, 2026
Playing
शक्तिशाली देशमा राजदूत कसरी नियुक्त गरिन्छ ? खुल्ला प्रतिष्पर्धाबाट गर्दा के हुन्छ ?|| Nepal Times
May 04, 2026
Playing
बालेन सरकार र शीतल निवासबीचको सम्बन्धमा दरार ? यस्ता छन् ३ विकल्प|| Nepal Times
May 04, 2026
Playing
रास्वपामा नयाँ प्रयोगः’क्यान्डिडेट क्लब’ बाट टिकट ,नयाँलाई नदिने|| Nepal Times
May 04, 2026
Playing
चुच्चे नक्सा कागजमै सीमित हुने हो त? || Nepal Times
May 04, 2026

जेठ २० गतेसम्म लम्बिएको लकडाउनको अवधिमा सञ्चालन गर्न मिल्ने व्यवसायहरु यस्ता छन्

५ जेष्ठ २०७७

५ जेष्ठ, काठमाडौं । सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जारी गरेको लकडाउन जेठ २० गतेसम्म लम्ब्याएको छ ।

मन्त्रिपरिषद्को आइतबारको बैठकले लकडाउनलाई १५ दिन थप गरी जेठ २० गते मंगलबार मध्यरात सम्म पु¥याउने निर्णय गरेको हो । सरकारका प्रवक्ता समेत रहेका अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले मन्त्रिपरिषद्को निर्णय सुनाउँदै थप १५ दिन लकडाउन लम्ब्याइएको बताएका हुन् । उनले लकडाउन र सामान्य आर्थिक जीवनलाई सँगसँगै लैजाने विषयमा समेत छलफल भइरहेको बताएका छन् ।

Advertisement
Advertisement

लकडाउनको समयमा पनि कृषि उत्पादन र उद्योगसँग सम्बन्धित क्रियाकलापहरु र ढुवानीको क्रियाकलापहरु यथावत रहने बताएका छन् । निर्माणसँग सम्बन्धीत कुराहरु, ठूला आयोजना र साना आयोजना तथा सहरी क्षेत्रमा निर्माण भइराख्ने क्रियाकलापहरु पनि यथावत नै रहने मन्त्री खतिवडाले बताए ।

यस्तै आफ्नै गाउँमा क्वारेन्टाइनमा बस्ने मानिसहरुलाई सुरक्षाका उपायहरु अपनाएर काममा जोड्न सकिने विषयमा समेत छलफल भइरहको मन्त्री खतिवडाले बताएका छन् ।

जेठ २० गतेसम्म जारी गरिएको लकडाउनको अवधिमा सञ्चालन गर्न मिल्ने व्यवसायहरुः

(क) कृषितथा पशुपन्छीजन्य सम्बन्धीः

१. खाद्यवस्तु र अन्यबाली लगाउने तथा पाकेको बाली भित्र्याउने कार्य ।
२. पशुपन्छी पालन, माछा पालन, कुखुरा पालन तथा विक्री वितरण ।
३. फलफूल, तरकारी, दूध र दुग्धजन्य पदार्थको उत्पादन, सङ्कलन, भण्डारण र विक्रीवितरण ।
४. नर्सरीबाट विरुवाको उत्पादन, घाँस तथा दाना उत्पादन र विक्री वितरण ।
५. कृषि बिउ–बिजन उत्पादन, भण्डारण र विक्रीवितरण ।
६. शीत भण्डारण ।

(ख) स्वास्थ्य सेवासम्बन्धी

१. सरकारी तथा निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य संस्थाहरू, अस्पताल, नर्सिङ्ग होम, पोलिक्लिनिक, ल्याब, डाइग्नोष्टिक सेन्टरहरूको सञ्चालन । सबै प्रकारका खोप लगायतका अत्यावश्यक सेवाहरूको सञ्चालन ।
२. औषधी तथा स्वास्थ्य सामग्री र मेडिकल अक्सिजनको उत्पादन तथा विक्री वितरण।
३. औषधी पसलहरू (आयुर्वेद, होमियोप्याथिक समेत)को सञ्चालन ।
४. एग्रोभेट र भेटेरिनरी औषधी पसलहरूको सञ्चालन र तत् सम्बन्धी सेवा ।

(ग) ढुवानी सेवासम्बन्धी

ढुवानी सेवाका साधनहरूलाई निसंक्रमित गरी निसंक्रमण गर्ने निकायले जारी गरेको निस्सा साथमा राखी चालक तथा परिचालकको स्वास्थ्य जाँच सम्बन्धित भन्सार विन्दु र उद्योग प्रतिष्ठानहरूमा गर्ने व्यवस्था मिलाई देहायका ढुवानीका साधनहरू गन्तव्य स्थलसम्म आवतजावत गर्न दिने ।
१. प्रकरण (३) को खण्ड (क) र (ख) मा उल्लिखित सवै प्रकारका वस्तु तथा सेवामा प्रयोग हुने ढुवानीका साधनहरु ।
२. भन्सारबाट जाँचपास भई आएका, उद्योग प्रतिष्ठानबाट लोड लिई मालसामान बोकेका र मालसामान गन्तव्यमा पुर्याई फर्किने ढुवानीका साधनहरु ।
३. पानी, ग्याँस, पेट्रोलियमपदार्थ बोकेका ढुवानीका साधनहरु ।
४. औद्योगिक कच्चा पदार्थहरू र तयारी मालवस्तु बोकेका ढुवानीका साधनहरु ।
५. विकास आयोजनामा प्रयोग हुने उपकरणहरू लाने र ल्याउने कार्य र निर्माण सामग्रीहरू बोकेका ढुवानीका साधनहरु ।
६. कृषि सामग्री, रासायनिक एवं प्राङ्गारिक मल बोकेका ढुवानीका साधनहरु ।
७. एम्बुलेन्स सेवा ।
८. विद्यालयका पाठ्य पुस्तकको ढुवानी गर्ने प्रयोजनका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट अनुमति लिएका ढुवानीका साधनहरु ।
९. काठमाडौं उपत्यकामा प्रवेश गर्ने मालबाहक सवारी साधनमा यात्रुहरू राख्न नपाइने, प्रवेश विन्दुमा त्यस्ता सवारी साधनका सवारी चालक र सहयोगीको नाम, जन्ममिति, काठमाडौं प्रवेश गरेको र फर्केको मिति सहितको विवरण राख्ने र सवारी साधन फर्की जाँदा सोही विवरण बमोजिमको व्यक्ति भए नभएको जाँच गर्ने । झुट्टा विवरण दिई यात्रा गरेको पाइएमा सवारी साधन नियन्त्रणमा लिई कारबाहीगर्ने ।
१०. एम्बुलेन्स दुरुपयोग गर्नेलाई कारबाहीगर्ने ।
११. अत्यावश्यक कामका लागि दिइने सवारी साधनको पास न्यूनतम सङ्ख्यामा जारी गर्ने ।

(घ) विकास आयोजनासम्बन्धीः

१. राष्ट्रिय गौरवका आयोजनाहरू, सरकारी तथा निजी स्तरबाट सञ्चालित जलविद्युत आयोजना, सिँचाइ आयोजना, खानेपानी आयोजना, विमानस्थल, सडक तथापुल, सरकारी भवन निर्माण तथा प्रबलीकरण र एक स्थानमा एकपटकमा अधिकतम १० (दश) जनामा नबढ्ने गरी सञ्चालन गरिने अन्य सहरी पूर्वाधार विकास निर्माणका कामहरु ।
२. प्रकरण १ का आयोजनाहरूमा काम गर्ने श्रमिकहरूलाई सम्बन्धित आयोजनाले दैनिक रूपमा अनिवार्य स्वास्थ्य जाँच गर्ने व्यवस्था मिलाई एकै स्थानमा आवासको व्यवस्था गर्ने ।
श्रमिकहरूलाई कार्यस्थलमै खाना र खाजाको व्यवस्था मिलाउने। स्थान अभाव भएमा स्थानीय निकायको समन्वयमा सम्बन्धित वडा भित्रका सार्वजनिक सामुदायिक भवन वा सरकारी तथा नीजि विद्यालय वा खाली स्थानमा स्थानीय व्यक्तिहरूसँग सम्पर्क नहुने गरी सुरक्षित आवासको व्यवस्था गर्ने। यस सम्बन्धी खर्च सम्बन्धित निर्माण व्यवसायीले व्यहोर्ने ।
३. ढुङ्गा गिट्टी, बालुवा लगायत निर्माण सामग्रीहरूको उत्पादन, सङ्कलन र ढुवानीसम्बन्धी कार्य ।
४. सिमेन्ट उद्योगका लागि खानी सञ्चालन लगायत आवश्यक चुनढुङ्गा, कोइला, क्लिङ्करको उत्पादन, सङ्कलन र ढुवानी सम्बन्धी कार्य ।
५. नदी नियन्त्रणका कार्यहरु ।
६. आवास स्थलदेखि निर्माण स्थलसम्म श्रमिकहरूलाई सुरक्षित आवतजावत गर्न स्वास्थ्य मापदण्ड पालना गरी निर्माण व्यवसायीले परिवहनको व्यवस्था मिलाउने ।

(ङ) सार्वजनिक सेवासम्बन्धीः

१. बैंक तथा वित्तीय संस्था, बीमा, धितोपत्र, सहकारी मार्फत् अति आवश्यकीय सेवा प्रवाह गर्नुपर्ने कार्यकालागि आवश्यक पर्ने कर्मचारीमध्ये एक तिहाई कर्मचारीद्वारा सेवा सञ्चालन गर्ने ।
२. अति आवश्यकीय सेवा प्रदान गर्ने सरकारी कार्यालय तथा सार्वजनिक संस्थानहरूमा अति आवश्यक पर्ने न्यूनतम कर्मचारीहरूलाई आलोपालो मिलाई तोकिएका स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको अनुशरण गरी कार्यालय सञ्चालन गर्ने ।
३. अति आवश्यकीय सेवा प्रदान गर्ने सरकारी कार्यालयकालागि सम्बन्धित मन्त्रालयको सचिव र अन्य निकायहरूको लागि सम्बन्धित निकायको प्रमुखको सिफारिसमा नियामक निकायले त्यस्ता कार्यालयमा रहेको कुल सवारी साधनहरूमध्ये एक चौथाई सख्यामा नबढ्ने गरी सवारी पास उपलब्ध गराउने।
४. प्रकरण ९३० मा तोकिएको बाहेक उपत्यका बाहिरको हकमा सम्बन्धित कार्यालय प्रमुखको सिफारिसमा प्रमुख जिल्ला अधिकारीले सावधानी पूर्वक सकेसम्म न्यूनतम सवारी साधन सञ्चालन हुने नीतिलिई सवारी पास उपलब्ध गराउने।

(च) औद्योगिक उत्पादनसम्बन्धीः

यस अवधिभर उत्पादन प्रक्रियामा संलग्न श्रमिक कामदारलाई उद्योग प्रतिष्ठानले छुट्टै स्थानमा राख्ने बन्दोबस्त मिलाई काममा लगाउने । आफ्नो प्रतिष्ठानभित्र पर्याप्त स्थान नभएमा उक्त प्रतिष्ठान रहेको स्थानीय निकायको समन्वयमा सम्बन्धित वडाभित्रका सार्वजनिक सामुदायिक भवन वा सरकारी तथा नीजि विद्यालय वा खाली स्थानमा स्थानीय व्यक्तिहरूसँग सम्पर्क नहुने गरी सुरक्षित आवास तथा खाना र खाजाको व्यवस्था गर्ने । यस सम्बन्धी खर्च सम्बन्धित उद्योग प्रतिष्ठानले व्यहोर्ने ।
आवासस्थलदेखि उद्योग प्रतिष्ठान रहेको स्थानसम्म श्रमिकहरूलाई स्वास्थ्य मापदण्ड पालना गरी सुरक्षित परिवहनको व्यवस्था मिलाउने । उद्योगहरूले कार्यस्थललाई अनिवार्य रूपमा स्यानिटाइजेसन गर्ने र नियमित स्वास्थ्य जाँच तथा स्वास्थ्य सुरक्षाको सुनिश्चितता गरी देहायका उद्योग व्यवसायहरू सञ्चालन गर्ने व्यवस्था मिलाउनेः

१. चामल, दाल, तेल, चिउरा, चिनी, विस्कुट, पाउरोटी, पिठो, चाउचाउ जस्ता दैनिक उपभोग्य खाद्यवस्तु, पानी प्रशोधन, औषधि, स्वास्थ्य सामग्री, साबुन उत्पादन र सोको प्याकेजिङ्ग सामग्री उत्पादन गर्ने उद्योगहरु ।
२. ग्यास बोटलिङ्ग, घरेलु तथा साना उद्योगहरू, निर्यातजन्य र विशेष आर्थिक क्षेत्रमा सञ्चालित उद्योगहरू र सिमेन्ट, डण्डीजस्ता निर्माणजन्य उद्योगहरु ।
३. बढीमा ५ जनासम्म कामदार रहने गरी सवारी साधनहरूको मर्मत गर्ने वर्कशप, इन्टरनेट जडान र मर्मत, प्लम्बिङ् तथा इलेक्ट्रिकल सेवा र पेट्रोल पम्प सञ्चालन ।

(छ) व्यवस्थापकीयकार्यसम्बन्धीः

सम्बन्धित रोजगारदाता, स्थानीय तह, सेवा प्रदायक, स्थानीय प्रशासनले आवागमन सहजीकरण गर्ने, सामाजिक दूरी कायम गराउने, अनिवार्य रूपमा मास्क प्रयोग गर्ने, तापक्रम मापन गर्ने, स्यानिटाइजर र पंजाहरूको प्रयोग गर्ने, विद्युतीय माध्यमबाट भुक्तानी गर्ने । नगदकारोबार गर्दा खुद्रा पैसाको लेनदेन कमहुने गरी गर्ने। एक ठाउँमा पाँचजना भन्दा बढी व्यक्ति जम्मा नहुने व्यवस्था मिलाउने।

Advertisement

नेपाल राज्यको कुनै भू–भागमा संक्रमणको जोखिम देखिएमा वा समुदायस्तरमा उक्त संक्रमण विस्तार भएको पाइएमा उक्त क्षेत्र वा जिल्लाभर माथि प्रकरण ३ मा उल्लिखित क्रियाकलापहरू निश्चित अवधीसम्मका लागि स्थानीय प्रशासनले तत्कालै सञ्चालनमा रोक लगाउन सक्नेछ ।

भर्खरको समाचार

पुटिनको ज्यान जोखिममा, सुरक्षा बढाइयो

Vladimir-Putin

मलको हाहाकार र युद्धको बाछिटाः बालेनले किसानलाई मल देलान् ?

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

राजा महेन्द्रको मौनताले गुमेको थियो लिपुलेक र कालापानी ?

mahendra-bir-bikram-shah-dev-59d8aa66ea8d42.19514437_MYCML1jMkd

रास्वपाबाट पालिकाको उम्मेदवार बन्न पनि चुनाव जित्नु पर्ने

balen rabi rasopa team

अमेरिकी एफ–३५ लडाकु विमान खसाल्ने चिनियाँ ‘ट्युटोरियल’ भाइरल

Screenshot 2026-05-04 132111

होर्मुजमा ट्रम्पले घोषणा गरेको प्रोजेक्ट फ्रिडम के हो ?

HORMUZ

बालेन सरकार र शीतल निवासबीचको सम्बन्धमा दरार ? यस्ता छन् ३ विकल्प

42412c11-68f9-4814-ade7-2710d505dd4c

लिपुलेकबारे नेपालको कडा नोटपछि मध्यरातमा भारतले के दियो जवाफ ?

Screenshot 2026-05-04 102749

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top