भारतमा संक्रमण तिव्र, २४ घण्टामा थपिए ५२४२ नयाँ संक्रमित

५ जेष्ठ, एजेन्सी ।
भारतमा एकैदिन कोभिड–१९ का ५२४२ संक्रमित थपिएका छन् ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार बितेको २४ घण्टामा कोभिड १९ का ५२४२ नयाँ संक्रमित थपिएका हुन् । यो सँगै भरातमा कोरोना संक्रमितको संख्या ९६,१६९ पुगेको छ । अधिकारीहरुका अनुसार भारतमा एकै दिन कोरोना संक्रमित थपिएको यो सबैभन्दा ठूलो तथ्याङ्क हो ।

मन्त्रालयका अनुसार बितेको २४ घण्टामा १ सय ५७ जनाको मृत्यु भएको छ। यस्तै भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३०२९ पुगेको छ । संक्रमित मध्ये ३६८२३ जना उपचारपछि निको भएका छन् । हप्तौँ देखि भारतमा लकडाउन जारी रहे पनि भाइरस संक्रमणको क्रम घट्न सकेको छैन ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top