×

NEPAL TIMES UPDATES

Playing
चीनको ‘कायाकल्प’ र ‘मेक अमेरिका’ सँगसँगै बढ्ने, सीलाई निम्ता|| Nepal Times
May 14, 2026
Playing
विश्वकप फुटबलको तालिका के छ ?नेपालबाट कति बजे हेर्ने ?|| Nepal Times
May 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-31-2083 || Nepal Times
May 14, 2026
Playing
नीति तथा कार्यक्रम ः विपक्षी सांसद्ले आलोचना गरे, सत्तारुढले बचाऊ|| Nepal Times
May 14, 2026
Playing
सरकारदेखि आफ्नै पार्टीकालाई गगनको चेतावनी, किन रिसाए ? || Nepal Times
May 14, 2026
Playing
ट्रम्प–सी बैठक २ घन्टामा सकियो, के के भयो छलफल ? || Nepal Times
May 14, 2026
Playing
कर्मचारी र विद्यार्थी राजनीति अन्त्य गर्ने सरकारी निर्णयमा न्यायपालिकाको ब्रेक|| Nepal Times
May 14, 2026
Playing
World News: बेइजिङ वार्ताः सहकार्यसँगै द्व*न्द्वको चेतावनी, नेतन्याहुको UAEमा गोप्य भ्रमण
May 14, 2026
Playing
सुकुम्बासीको मुद्यामा बालेन घेरिए, अब घर भाडा दिने|| Nepal Times
May 14, 2026
Playing
बिरामी हुँदा पनि संसद् पुग्ने प्रधानमन्त्रीको इतिहास || Nepal Times
May 14, 2026

प्रधानमन्त्रीको भारत भ्रमणका प्रमुख एजेन्डा: गंगामा नेपाली पानीजहाज, कोसीमा स्टिमर चलाउने

२२ चैत्र २०७४

प्रधानमन्त्री केपी ओलीले भारत भ्रमणमा भूपरिवेष्टित मुलुकले समुद्रको पहुँचका लागि प्राप्त गर्ने पारवहन सुविधाको अधिकार कार्यान्वयन प्रमुख एजेन्डा बनाउने भएका छन् । आजको नयाँ पत्रिकामा यो समाचार छापिएको छ ।

काठमाडौं – एमाले स्थायी समितिको बुधबारको बैठकमा भ्रमणका एजेन्डा जानकारी गराउँदै प्रधानमन्त्री ओलीले पारवहन सुविधाको अधिकार प्रमुख एजेन्डा रहेको बताए । कोसी र गण्डक सम्झौतामै नेपालले भारतबाट प्राप्त गर्ने जलमार्गमा पहुँच र पारवहन अधिकार उल्लेख भए पनि अझै कार्यान्वयनमा नआएको भन्दै प्रधानमन्त्रीले आसन्न भ्रमणमा कार्यान्वयनका लागि प्रमुखताका साथ उठाउने बताए ।

Advertisement
Advertisement

‘कोसी र गण्डक सम्झौतामै नेपालले भारतबाट सामुद्रिक पहुँच जलमार्गसम्बन्धी अधिकार प्राप्त गर्ने उल्लेख भइसकेकाले प्रधानमन्त्रीज्यूले भ्रमणमा त्यो अधिकार कार्यान्वयनको विषय उठाउनु स्वागतयोग्य हुनेछ,’ भ्रमणको प्राथमिक एजेन्डामा टिप्पणी गर्दै परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले भने ।

गंगामा नेपालको पानीजहाज चलाउने ओलीको योजना
प्रधानमन्त्री ओलीले दुई वर्षभित्र समुद्रमा राष्ट्रिय ध्वजाबाहक पानीजहाज सञ्चालन गर्ने बताउँदै आएका छन् । आफ्नो उक्त योजनालाई मूर्त रूप दिन भ्रमणमा मुख्य एजेन्डा बनाउने ओलीले स्थायी समितिमा बताए । पटनासँग जोडिएको गंगा नदीमा नेपालको पानीजहाज सञ्चालन गरी कोसी, गण्डकी र कर्णाली नदी हुँदै सामुद्रिक मार्गबाट सामान आयात–निर्यात गर्न सकिने चर्चा चल्दै आएको छ ।

‘गंगा नदीबाट आफ्नै पानीजहाजमा सामान ल्याएर नेपालको सिमानासम्म जोड्ने कुरा भ्रमणमा उठाइने कुरा उहाँले जानकारी गराउनुभयो,’ ओलीलाई उद्धृत गर्दै एमालेका एक नेताले भने, ‘उहाँले राष्ट्रिय ध्वजाबाहक पानीजहाज सञ्चालनको औचित्य यसपटकको भ्रमणमा प्रमाणित गर्न खोज्नुभएको देखिन्छ, भारतले नेपालसँग कुनै सर्त नराखी कार्यान्वयन गर्दा त धेरै राम्रो हो, तर त्यसभित्र कोसी हाइड्याम बनाउने स्वार्थ जोडिएर आयो भने झन् खतरनाक हुन सक्छ ।’ त्यसबारे गृहकार्य भए–नभएको तथा भारतीय चाहना कस्तो छ भन्नेबारे प्रधानमन्त्री ओलीले बैठकलाई विस्तृत जानकारी गराएनन् ।

कोसी नदीमा स्टिमर (सानो पानीजहाज) चलाउनुपर्छ
बैठकमा प्रधानमन्त्री ओलीले भारतसँग सामुद्रिक पहुँचको अधिकारसँगै भारतीय सीमासम्म कोसी नदीमा सानो पानीजहाज ‘स्टिमर’ चलाउने योजना पनि सुनाएका थिए । ‘उहाँले भारतसँग भूपरिवेष्टित मुलुकले प्राप्त गर्ने सामुद्रिक पहुँचको अधिकारसँगै कोसी नदीमा स्टिमर चलाउने योजना रहेको पनि जानकारी गराउनुभयो,’ प्रधानमन्त्रीलाई उद्धृत गर्दै एमाले उपाध्यक्ष युवराज ज्ञवालीले भने, ‘नयाँ सम्झौताभन्दा पनि पुराना सहमति कार्यान्वयनमै जोड रहनेछ ।’

Advertisement
Advertisement

जलमार्गको सम्भाव्य पहुँचबारे भ्रमणमा कुराकानी 
डा. राजन भट्टराई, परराष्ट्रविद्
भारतीय भूमिदेखि केही पर अर्थात् (नौटिकल माइल)देखि पर समुद्रको भूभाग अन्तर्राष्ट्रिय अधिकार क्षेत्रभित्र पर्छ । हाम्रा नदीहरू गंगामा मिसिन्छन् । गंगा नदी बग्दै बंगालमा पुग्छ । त्यहाँसम्म बगेको नदीमा साना जहाजमार्फत नेपालको जलमार्गको पहुँच हुन्छ भन्ने सम्भाव्यताबारे भारत सरकारसँग भ्रमणमा कुराकानी गर्ने भनिएको हो । सम्भावना छ भने भारतसँग अनुमति पनि मागिनेछ । तर, अहिले नै ठूला पानीजहाज सञ्चालन गर्न सकिन्छ कि सकिँदैन भन्ने अध्ययन भइरहेको छ । कतिले सम्भव र कतिले असम्भव भनिरहेकाले त्यसबारे उनीहरूसँग अनुमति लिएर सम्भाव्यता अध्ययन अघि बढाउँछौँ । साना जहाज हामी कोसी र गण्डकी नदी जहाँ पनि चलाउन सक्छौँ । तर, कहाँदेखि कहाँसम्म चलाउने कुरा प्राविधिक विषय भएकाले अहिले नै केही पनि भन्न सकिने स्थिति छैन ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top