×

NEPAL TIMES UPDATES

Playing
चीनको ‘कायाकल्प’ र ‘मेक अमेरिका’ सँगसँगै बढ्ने, सीलाई निम्ता|| Nepal Times
May 14, 2026
Playing
विश्वकप फुटबलको तालिका के छ ?नेपालबाट कति बजे हेर्ने ?|| Nepal Times
May 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-31-2083 || Nepal Times
May 14, 2026
Playing
नीति तथा कार्यक्रम ः विपक्षी सांसद्ले आलोचना गरे, सत्तारुढले बचाऊ|| Nepal Times
May 14, 2026
Playing
सरकारदेखि आफ्नै पार्टीकालाई गगनको चेतावनी, किन रिसाए ? || Nepal Times
May 14, 2026
Playing
ट्रम्प–सी बैठक २ घन्टामा सकियो, के के भयो छलफल ? || Nepal Times
May 14, 2026
Playing
कर्मचारी र विद्यार्थी राजनीति अन्त्य गर्ने सरकारी निर्णयमा न्यायपालिकाको ब्रेक|| Nepal Times
May 14, 2026
Playing
World News: बेइजिङ वार्ताः सहकार्यसँगै द्व*न्द्वको चेतावनी, नेतन्याहुको UAEमा गोप्य भ्रमण
May 14, 2026
Playing
सुकुम्बासीको मुद्यामा बालेन घेरिए, अब घर भाडा दिने|| Nepal Times
May 14, 2026
Playing
बिरामी हुँदा पनि संसद् पुग्ने प्रधानमन्त्रीको इतिहास || Nepal Times
May 14, 2026

नयाँ उद्योग खोलेर रोजगारी दिन्छु भन्ने सरकारको आश्वासन ‘दिवासपन’ः विनोद चौधरी

५ जेष्ठ २०७७

५ जेष्ठ, काठमाडौं ।
सांसद विनोदकुमार चौधरीले सरकारको नीति तथा कार्यक्रमले लकडाउनले आहत भएका सर्वसाधरणलाई जीवनरक्षाको प्रत्याभुति दिन नसकेको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा सरकारको नीति तथा कार्यक्रम माथिको छलफलमा सहभागी हुदै उनले कोरोनाले निम्त्याएको समस्याबाट जनतामा रोगसंगै भोकले मर्ने चिन्ता बढेकाले तत्काल भोकको समस्या समाधान गर्ने तर्फ सरकारको कार्यक्रम लक्षित हुनुपर्ने बताएका हुन् । उनले भने “आजको प्राथमिकता भनेको अहिले बाँच्नु हो ।

Advertisement
Advertisement

अहिले बचाउनु हो । रोजगारी गुम्दैछन् । उद्योगधन्दा बन्द छन् । सडकमा उभिएका दिनहुँ हातमुख जोर्नुपर्ने बाध्यता भएका कामदार कामविहिन छन् । नाङलो पसल, रिक्साचालक तथा समाजको हरेक वर्ग त्रसित छ । एकातर्फ कोभिडको कारण भने अर्को तर्फ कोभिड भन्दा पहिले भोकले मरिने हो कि ? भन्ने त्रासबाट ।”

सरकारले अत्यावश्यक लगायतका उद्योगहरु सञ्चालन गर्ने निर्णय गरेपनि उद्योग सञ्चालन हुने स्थिति श्रृजना हुन नसकेको तर्फ सरकारको ध्यानाकर्षण गराए । भएका उद्योग पनि सञ्चालन हुन नसकेको बेला नयाँ उद्योग खोलेर रोजगारी दिन्छु भन्ने सरकारको आश्वासन ‘दिवासपना’ मात्रै भएको टिप्पणी गरे ।

खुलेको उद्योग पनि चल्न सक्ने अवस्था रहेन भने भोलीको दिनमा नयाँ उद्योग खुल्नेछन् र स्वदेशी तथा विदेशबाट फर्किएका लाखौको संख्यामा रहेकालाई रोजगारी दिने सरकारको आश्वासन ‘दिवासपना’ मात्रै भएको टिप्पणी गरे । उनले भने “सरकारको घोगषणाका बाबजुत प्राथमिकताका उद्योग, साईटहरु बन्द छन् ।

स्थानीय प्रशासन भन्दा पनि स्थानीय तहको जनताको हातमा, त्यसमध्ये पनि त्रसित एकप्रकारको जमातको हातमा अहिलेको प्रशासनतन्त्र गएको स्थिति छ । ती उद्योगहरु चल्न सकेका छैनन् । ”

उनले बेरोजगारलाई रोजगारी दिन कृषि क्षेत्रलाई अघि सारिएको भएपनि उत्पादकत्व बढाउनुको साथै नेपाली उत्पादन नै उपभोग हुने अवस्था श्रृजनाका लागि सरकारले विशेष अनुदानको व्यवस्था गर्नुपर्ने बताए ।

Advertisement
Advertisement

नेपालको कृषि उत्पादन भारत र चाइनाको प्रतिष्पर्धामा ३० प्रतिशत भन्दा बढी महंगो पर्ने भएकाले विदेशी उत्पादन र नेपाली उत्पादनबीचको मुल्य भिन्नताको खाडल सामान्य नीतिले मात्रै पुर्न नसक्ने तर्क गरे ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top