परीक्षा सञ्चालन नभएका सबै विज्ञापनका परीक्षा लोकसेवा आयोगद्वारा स्थगन

६ जेष्ठ, काठमाडौं । लोकसेवा आयोगले कुनै पनि परीक्षा सञ्चालन नभएका सबै विज्ञापनका परीक्षा स्थगन गर्ने निर्णय गरेको छ ।

Advertisement

आयोगको सोमबार बसेको बैठकले कोरोना भाइरसका कारण दरखास्त सङ्कलन भइसकेका तर कुनै पनि चरणको परीक्षा कार्यक्रम सञ्चालन नभएका विज्ञापनमा सरकारबाट अर्को निर्णय भई नआएसम्मका लागि परीक्षा कार्यक्रम स्थगन गर्ने निर्णय गरेको आयोगका सहायक प्रवक्ता देवीप्रसाद सुवेदीले जानकारी दिए ।

आयोगले लिखित परीक्षा सम्पन्न भएका र अन्तर्वार्ता कार्यक्रममा प्रवेश गरिसकेका विज्ञापनको हकमा नयाँ कार्यतालिका निर्धारण गरी पछि प्रकाशन गर्ने निर्णय गरेको छ ।

Advertisement

यसैगरी आयोगले कुनै चरणको परीक्षा कार्यक्रम (प्रथम चरण परीक्षारलिखित परीक्षारप्रयोगात्मक परीक्षा आदि) पूर्ण वा आंशिकरूपमा सञ्चालन भएका विज्ञापनका हकमा स्थिति सामान्य भएपश्चात बाँकी सम्पूर्ण परीक्षाको नयाँ परीक्षा कार्यक्रम निर्धारण गरिने निर्णय गरेको सहायक प्रवक्ता सुदेवीले जानकारी दिए ।

यसअघि सरकारले कोरोना भाइरसका कारण गत वैशाख १४ गते सिर्जना भएको स्वास्थ्य–सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गर्दै आयोगबाट सञ्चालन हुने लिखित परीक्षा, अन्तर्वार्तालगायतका सम्पूर्ण परीक्षा कार्यक्रम तथा विज्ञापनसमेत अर्को व्यवस्था नभएसम्मका लागि स्थगन गर्न अयोगलाई अनुरोध गरेअनुसार आयोगले स्थगन गरेको थियो ।

Advertisement

उनका अनुसार आयोगको स्वीकृत वार्षिक कार्यतालिका बमोजिम विज्ञापन हुन बाँकी रहेका पदहरुको विज्ञापन प्रकाशनको कार्य हाललाई स्थगन गरेको छ । आयोगले गत फागुन २८ गते प्रकाशित राजपत्र अनङ्कित द्वितीय श्रेणी (अप्राविधिक) खरिदार वा सोसरह पदका लागि भएका विभिन्न विज्ञापनमा दरखास्त लिने कार्य यही जेठ ९ गते शुक्रबारदेखि बन्द गर्ने निर्णय गरेको छ ।

दरखास्त बुझाइसकेका तर दरखास्त दस्तुर बुझाउन बाँकी उम्मेदवारका लागि स्थिति सामान्य भएपश्चात निश्चित अवधि तोकी दस्तुर बुझाउने प्रबन्ध गरिने उनले जानकारी दिए ।

उनका अनुसार न्याय सेवा आयोगको क्षेत्राधिकार भएका न्याय सेवाका पदका विज्ञापनको हकमा स्थिति सामान्य भएपश्चात नयाँ परीक्षा कार्यक्रम निर्धारण गर्ने भएको छ । यसैगरी आयोगले सुरक्षा निकाय तथा सङ्गठित संस्थाको लिखित परीक्षा स्थिति सामान्य भएपश्चात मात्र गर्ने भएको छ ।

आयोगले कुनै पनि चरणको परीक्षा कार्यक्रम (शारिरीक तन्दुरुस्ती परीक्षण, आइक्यू परीक्षा, प्रथम चरण परीक्षा, लिखित परीक्षा वा अन्य यस्तै प्रकारका परीक्षाहरु) भइसकेका वा परीक्षा प्रक्रियामा प्रवेश गरिसकेका निकायरसंस्थाका लिखित परीक्षा सञ्चालन हुन बाँकीको स्थिति सामान्य भएपश्चात नयाँ परीक्षा कार्यक्रम निर्धारण गरी सार्वजनिक गरिने सहायक प्रवक्ता सुदेवीले जानकारी दिए ।

उनले सम्बन्धित निकायरसंस्थाबाट विज्ञापन प्रकाशन गरिसकेको तर आयोगबाट परीक्षा कार्यक्रम निर्धारण हुन बाँकी रहेका निकायरसंस्थाका विज्ञापनको परीक्षा कार्यक्रम नेपाल सरकारबाट अर्को निर्णय भई नआएसम्मका लागि स्थगन गरिको बताए । (रासस)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top