अमेरिकालाई चीनको प्रशंसा असह्य, डब्लुएचओलाई सहयोग बन्द गर्ने चेतावनी

६ जेठ ७७, मंगलबार
Share this
672shares

६ जेष्ठ, एजेन्सी ।

Advertisement

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रमुख टेड्रोस एडेनहोम गेब्रियाससलाई महत्वपूर्ण परिवर्तन’ का लागि ३० दिनको समय दिएका छन् ।

यसो नगरिए अमेरिकाले उक्त संस्थालाई दिँदै आएको रकम सधैंका लागि बन्द गर्ने चेतावनी पनि दिएका छन् । गेब्रियाससलाई लेखिएको पूरा पत्र उनले आफ्नो ट्वीटरमार्फत् सार्वजनिक गरेका छन् ।

Advertisement

यसमा उनले डब्ल्यूएचओले पर्याप्त काम नगरेको आरोप लगाउँदै भने, डब्ल्यूएचओले गत वर्षको अन्त्यमा ऊहानबाट सुरु भएको भाइरसको संक्रमण फैलनुमा विश्वसनीय रिपोर्टलाई नजरअन्दाज गर्यो ।’ साथै उनले डब्ल्यूएचओले बारम्बार चीनको प्रशंसा गरेको पनि दोहोराए ।

उनले थपे, यदि डब्ल्यूएचओले कुनै महत्वपूर्ण ठोस् सुधार गर्दैन भने अमेरिकाले अस्थायी रुपमा लगाएको प्रतिबन्धलाई स्थायी बनाउने छ र आफ्नो सदस्यताबारे पनि पुनर्विचार गर्नेछ ।’

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top