साठी जना अमेरिकी कूटनीतिज्ञले रुस छोडे

मस्को, २२ चैत ः एकजना बृटिश गुप्तचरलाई विषाक्त रासायनिक पदार्थ सेवन गराएर हत्या प्रयास गरेको आरोपमा अमेरिकाले रुसी नागरिकलाई देश निकालाको घोषणा गरेपछि सुरु भएको दुई देशबीचको कूटनीतिक समस्या सतहमा आएको छ ।

यस कूटनीतिक दरारको पछिल्लो परिणामस्वरुप बिहीबार केही अमेरिकी कूटनीतिज्ञले रुस छोडेका मस्कोबाट प्राप्त समाचारमा जनाइएको छ ।

रुसी राजधानी मस्कोबाट प्राप्त समाचारअनुसार रुसले देश निकाला गरेका ६० जना अमेरिकी कूटनीतिज्ञले बिहीबार मस्को छोडेका छन् । उनीहरु बिहीबारै मस्कोस्थित अमेरिकी दूताबासबाट बाहिरिएका हुन् ।

Advertisement

एएफपी समाचारदाताले भनेका छन्– ६० जना अमेरिकी कूटनीतिज्ञ र उनका परिवारसमेत गरी कैयौँ अमेरिकीहरु मस्कोस्थित दूताबासमा जम्मा भएर बसमा चढी विमानस्थलसम्म पुगेका थिए ।

उनीहरु आजै अमेरिकाका लागि प्रस्थान गरेका छन् । यसअघि पनि अमेरिकाले वासिङ्टनस्थित ६० जना रुसी कूटनीतिज्ञहरुलाई देश छोड्न भनेको थियो ।

उनीहरुले गतहप्ता नै अमेरिका छोडेर आफ्नो देशतर्फ लागेका थिए । ६० जना रुसी कूटनीतिज्ञले वासिङ्टन छोडेको समाचार यसअघि नै आएको थियो ।

साठी जना रुसी कूटनीतिज्ञले गएको शनिबार अमेरिका छोडेर आफ्नो देश प्रस्थान गरेका हुन् । ती रुसी कूटनीतिज्ञहरु आफ्नो परिवारका सदस्यसहित करिब १७० जनाले देश छाडेका हुन् ।

उता अमेरिकाबाट रुसी कूटनीतिज्ञहरु फर्किँदै गरेको दिन नै रुसले पनि यहाँको सेन्ट् पिटस्र्बर्गस्थित अमेरिकी कन्सुलेट कार्यालय बन्द गर्न रुसी सरकारले निर्देशन गरेको थियो ।

सोही कन्सुलेट कार्यालयका ती अमेरिकी कूटनीतिक कर्मचारीहरुले बिहीबार रुस छोडेका हुन् । अमेरिकाले आफ्ना ६० जना कर्मचारीलाई देश निकाला गरेकोले रुस सरकारले पनि ६० जना अमेरिकी कूटनीतिज्ञलाई एक हप्ताभित्र देश छोड्न भनेको थियो ।

साथै रुसले बेलायतले पनि रुसी कूटनीतिज्ञहरु हटाएकोले सोही सरह नै पनि बृटिशहरुलाई देश छोड्न भनेको छ ।

तर अमेरिका र बेलायतले भने आफ्ना कूटनीतिज्ञहरुलाई बिनाकुनै आधार रुसले देश निकाला गरिरहेको भन्दै यस कदमको विरोध गर्दै आएका छन् ।

त्यसैगरी अरु केही युरोपेली र पश्चिमा मुलुकहरुले पनि आफ्नो देशमा रहेका रुसी कूटनीतिज्ञहरुलाई हटाइरहेकोले आफूहरुले पनि सोही बमोजिम ती देशका कूटनीतिज्ञहरु पनि निकाला गर्ने रुसको भनाई छ ।
रासस

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top