Nepal Times
Nepal Times
3
Shares

एकता घोषणाका लागि तयारी गर्ने निर्णय

एकता घोषणाका लागि तयारी गर्ने निर्णय

काठमाडौँ, २२ चैत ः नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को आजको पार्टी एकता संयोजन समितिको बैठकले आगामी वैशाख ९ गते एकता घोषणा गर्न प्राप्त सुझावलाई सकारात्मकरुपमा लिँदै त्यसको तयारी गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा मंगलबारको संयोजन समितिको बैठकमा पेश भएको सांगठनिक र वैचारिक कार्यदलका प्रतिवेदनमाथि छलफल प्रारम्भ गर्दै घोषणाको तयारीमा लाग्ने निर्णय गरेको हो ।

समितिका सदस्य केन्द्रका नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओली भारत भ्रमणबाट फर्केलगत्तै संयोजन समितिको बैठक गरेर प्रतिवेदन पूर्ण अध्ययन गरी मिलाउन बाँकी विषयमा टुंगो लगाइने जानकारी दिए ।

नेता श्रेष्ठले उक्त मितिमा एकता घोषणा गर्ने सुझावलाई सकारात्मकरुपमा लिँदै त्यसका लागि आ–आफ्नो पार्टीमा तयारी गर्ने सहमति भएको पत्रकारलाई जानकारी दिए । एमालेले एकताको तयारीका लागि आउँदो वैशाख ७ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.