अमेरिकाले मेक्सिकोसँगको सिमा क्षेत्रमा सेना पठाउने

वासिङ्टन, २२ चैत ः अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र मेक्सिकोको सिमाक्षेत्रमा अमेरिकी सैनिक पठाउने घोषणामा बुधबार हस्ताक्षर गरेका छन् ।

चर्को आलोचनाकाबीच सिमाक्षेत्रमा राष्ट्रिय सुरक्षा घेरा राख्ने आदेशमा राष्ट्रपतिले हस्ताक्षर गरेको अमेरिकाका रक्षा तथा गृह प्रशासनसम्बन्धी मन्त्रीहरुले जानकारी दिए ।

“देशको भूमी रक्षाका लागि राष्ट्रपति ट्रम्पले रक्षा र गृह प्रशासनसम्बन्धी मन्त्रालयलाई निर्देशन दिनुभएको छ,” उनीहरुले ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा भने ।

Advertisement

दुवै मन्त्रालय मिलेर दक्षिणपश्चिमी सिमानामा सँगसगै सुरक्षा घेरा तैनाथ गर्न राष्ट्रपतिले आदेश दिएकोे सो अवसरमा जानकारी दिइएको छ ।

सिमा क्षेत्रको सुरक्षा अहिले संकटपूर्ण अवस्थामा पुगेको ट्रम्पको भनाई छ । अमेरिकी जनताको सुरक्षा र सार्वभौमिकताको रक्षाका लागि पनि सिमाक्षेत्रमा सुरक्षा घेरा अत्यावश्यक भएको ट्रम्पले बताएका छन् ।

Advertisement

“मेरो प्रशासनलाई यस बारेमा छनौट गर्ने अर्को कुनै पनि विकल्प छैन,” उनल भने ।

ह्वाईट हासउद्धारा जारी वक्तव्यमा लागुपदार्थ र अपराधीहरुको अमेरिका तर्फको प्रवाहलाई रोक्न सुरक्षाकर्मी खटाउन लागिएको उल्लेख छ ।

कार्ययोजना र निष्कर्ष सहितको प्रतिवेदन ३० दिन भित्र पेशगर्न सम्बन्धित निकायहरुलाई निर्देशन दिइएको छ ।

राष्ट्रपति ट्रम्पले बुधबार ट्वीट गर्दै भनेका छन् , “मेरो प्रशासनले आज नै आप्रवासनका बारेमा कडा कदम चाल्नेछ ।”

सिमाना र करसम्वन्धी कार्यालयलाई अहिले पठाइएका सुरक्षाकर्मीहरुले सहयोग गर्ने तर हस्तक्षेप भने नगर्ने यहाँको गृह प्रशासनले बताएको छ ।

अमेरिकाको संघीय कानुनमा अवैधानिक कामलाई नियन्त्रण गर्नका लागि सुरक्षाकर्मीहरुले जुनसुकै ठाउँमा पनि कानुनको पालना गराउन सक्ने उल्लेख छ ।

अहिले पठाइने सुरक्षाफौजले प्रशिक्षण, निर्माण र गुप्तचरको कामका लागि विभिन्न तरिकाबाट भूमिका खेल्नसक्ने बताइएको छ ।
अमेरिकी गृहमन्त्री निल्सेनले के कति मात्रामा सुरक्षाकर्मीहरु सिमाक्षेत्रमा पठाउन लागिएको हो, कति समय उनीहरु त्यहाँ बस्छन र के कति खर्च लाग्छ भन्ने बारेमा भने केही जानकारी दिनुभएको छैन ।

आप्रवासन नीति र सिमा सुरक्षाका बारेमा केही दिनदेखि सार्वजनिक दवाव र आलोचनाहरु भएपछि राष्ट्रपति ट्रम्पले सिमाक्षेत्रमा सुरक्षाकर्मी पठाउने घोषणामा हस्ताक्षर गरेका हुन् ।

उनले अहिले पनि अमेरिका र मेक्सिकोको सिमानामा पर्खाल लगाउनुपर्ने कुरालाई महत्वका साथ बेला बेलामा उठाउने गरेपनि पर्खाल लगाउन भने सकेका छैनन् ।

राष्ट्रपति ट्रम्पले आफु राष्ट्रपति निर्वाचित हुने निर्वाचनको बेला मेक्सिकोसँगको सिमा क्षेत्रमा पर्खाल लगाउने एजेण्डालाई प्रमुख चुनावी एजेण्डाको रुपमा प्रचार गरेका थिए ।

“पर्याप्त सुरक्षा व्यवस्था र पर्खाल नबनाउदा सम्म उनीहरुलाई त्यहीँ खटाइने छ,” राष्ट्रपति ट्रम्पले भने, “यो निकै ठूलो कदम हो ।”
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top