Nepal Times
Nepal Times
3
Shares

चार महिनादेखि बालक बेपत्ता

चार महिनादेखि बालक बेपत्ता

राजविराज, २२ चैत ९ ः चार महिनादेखि एक बालक सप्तरीको राजजिराजबाट बेपत्ता भएका छन् ।

राजविराज नगरपालिका–१२ स्थित सिंग्योन बस्ने १३ वर्षीय मिथिलेश यादव हालसम्म फेला नपरेको उनका बुबा बिजुली यादवले बताए । राजविराज नगरपालिका–५ स्थित लिटिल एन्जलस स्कूलको कक्षा ६ मा अध्ययन गर्दै आएका मिथिलेश गत मंसिर महिनादेखि बेपत्ता रहेको पारिवारिक स्रोतले जनाएको छ ।

उनको अवस्था पता लगाउन स्थानीय प्रशासनलाई जानकारी दिइए पनि हालसम्म खोजी गर्न नसकेको पारिवारिक स्रोतले गुनासो गरेका छन् ।

मंसिर महिना विवाह पञ्चमीका दिन स्कूलमा बिदा भएपछि राजविराज नगरपालिका–१ डुम्बरिशिवथान दिदी कहाँ जान्छु भने हिँडेका मिथिलेश राजविराजबाटै बेपत्ता भएका थिए । बेपत्ता यादवको अझै पता लाग्न नसकेको र उनको खोजी कार्य जारी नै रहेको प्रहरी उपरीक्षक मुकेशकुमार सिँहले बताए ।
रासस

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.