×

NEPAL TIMES UPDATES

Playing
Islamabadमा हुने वार्ता हल्ला, अब के हुन्छ ? || Nepal Times
Apr 20, 2026
Playing
Top 15 Afternoon News || April-20-2026 || Nepal Times
Apr 20, 2026
Playing
अब सरकारी तलब १५ दिनमै आउने || Nepal Times
Apr 20, 2026
Playing
सुधनले कानूनी दायरमा ल्याउन खोजे तर… आफै प्रश्नले घेरिए || Nepal Times
Apr 20, 2026
Playing
अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?|| Nepal Times
Apr 20, 2026
Playing
सुधनले रविलाई भेटे,सुधनको विषयमा रास्वपामा छलफल होला ?|| Nepal Times
Apr 20, 2026
Playing
पाकि*स्तानमा अ*मेरिका–इरा*न वार्ता, सवारी प्रतिब*न्ध,सुर*क्षा क*डा|| Nepal Times
Apr 20, 2026
Playing
जेनजी आन्दो*लनपछि सुधनको ५० लाखको शेयर, दीपक भट्टको कम्पनी शेयर साझेदार || Nepal Times
Apr 20, 2026
Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026

माझी बस्ती निर्माण जेठभित्र

२२ चैत्र २०७४

बागलुङ, २२ चैत ः सडक खन्दा घरबास गुमाएका यहाँका सीमान्तकृत माझी परिवारले आउँदो जेठभित्रमा नयाँ घर पाउने भएका छन् ।

बागलुङ नगरपालिकाले तोकिएको समयमै माझी बस्ती हस्तान्तरण गर्ने वाचा गरेको छ । निर्माणमा भएको ढिलासुस्तीप्रति विरोध उठेपछि नगरपालिकाले कामलाई गति दिन लागेकोे हो ।

Advertisement
Advertisement

अघिल्लो सम्झौताअनुसार गत पुसभित्र माझी बस्ती निर्माण गरिसक्नुपर्ने थियो । ठेकेदार कम्पनीसँग पुनः छ महिना सम्झौता थप गरेर काम अगाडि बढाइएको छ । यो बीचमा राससलगायतका सञ्चारमाध्यमले माझी बस्ती निर्माणमा भएको ढिलाइप्रति खबर सम्प्रेषण गरेपछि समयमै काम गर्न नसक्ने माझी बस्ती व्यवस्थापन समितिले राजीनामा समेत दिएको छ । प्रक्रियागत र प्राविधिक कारणले काम ढिलो भएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए ।

“सत्तरी प्रतिशतभन्दा बढी काम सकिएको छ” उनले भने “अब निर्धारित समयमा बस्ती हस्तान्तरण हुन्छ ।” उनले हालसम्म भएको कामको प्राविधिक जाँच गर्ने र कमजोरी भए सम्बन्धित पक्षलाई कारबाही गरिने बताए । संरचना बनाउँदा कमसल निर्माण सामग्रीको प्रयोग भएको गुनासो समेत उठेको थियो । निर्माण कम्पनी ‘मुक्तिनाथ÷विएन÷त्रिशक्ति, जेभी’ लाई सचेत गराइएको नगर प्रमुख पौडेलको भनाइ थियो ।

“निर्माण कम्पनीले समयमै काम सक्ने प्रतिबद्धता गरेको छ” प्रमुख पौडेलले भने “ढिलासुस्ती र कमजोरीप्रति सचेत गराएका छौँ ।” मंगलबार नगरपालिका, निर्माण कम्पनी र व्यवस्थापन समितिले त्रिपक्षीय छलफलसमेत गरेका थिए । नगरपालिकाले राजीनामा फिर्ता लिई कामको वातावरण बनाउन समितिलाई आग्रह गरेको छ । समितिका अध्यक्ष केबी रानामगरले नगरपालिकासँग छलफल गरी आवश्यक निर्णय लिइने बताए ।

उनले नगरपालिका र निर्माण कम्पनी दुवैले बस्ती निर्माणमा लापर्बाही गरेको आरोप लगाए । घर बनाउँदा गुणस्तरीहीन सामग्री प्रयोग भएको र प्राविधिक त्रुटिका कारण लागतसमेत बढेको समितिले जनाएको छ । विसं २०४६ मा बागलुङ–पोखरा सडक खन्ने क्रममा वडा नं १ को खनियाबासबाट १४ माझी परिवार विस्थापित बनेका थिए । विस्थापित माझी परिवार अहिले सोही वडाको बाङ्गेचौरमा अस्थायीरुपमा बसोबास गर्दै आएका छन् ।

Advertisement

माझी परिवारको दीर्घकालीन व्यवस्थापनका लागि नगरपालिकाले डेढ वर्षअघि खनियाबासमै बस्ती निर्माणको काम अघि बढाएको थियो । शौचालयसहितका तीन कोठे घरमा ‘ब्लक’ र जस्तापाताको प्रयोग गरिएको छ । नगर विकास कोषको ८० प्रतिशत अनुदान, १० प्रतिशत ऋण र १० प्रतिशत स्थानीय श्रमदानमा बस्ती निर्माण भइरहेको छ । चौधवटा घर निर्माणका लागि माझी समुदाय, नगरपालिका र अन्य स्थानीयवासीले जग्गा व्यवस्थापन गरेका थिए ।
रासस

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top