नेपालमा थप २५ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ४२७ पुग्यो

७ जेठ, काठमाडौँ ।

नेपालमा बुधबार २५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १८ जना पुरुष र ७ जना महिला संक्रमित थपिएका हुन् ।

बाँकेको नरैनापुरमा ५ र खजुरा गाउँपालिकामा १ जनामा संक्रमण देखिएको छ । यस्तै नवपरासीमा १, कपिलवस्तुमा १३ र धनकुटामा ५ जनामा संक्रमण देखिएको मन्त्रालयका प्रवक्त डा. विकास देवकोटाले बताए । यो सँगै नेपालमा संक्रमितको संख्या ४ सय २७ पुगेको छ ।

Advertisement

बुधबार ८ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । कोसी अस्पतालमा उपचाररत उदयपुरमा रहेका ८ जना पुरुषहरु डिस्र्चाज भएका हुन् । उनीहरु २९ देखि ३३ औं दिनसम्म अस्पतालमा उपचररत रहेका थिए । अहिलेसम्म नेपालमा ४५ जना संक्रमित निको भएर घर फर्किएको प्रवक्ता देवकोटाले बताए । बुधबारसम्म पीसीआर विधिबाट ३५ हजार ४ सय ९४ वटा नमुना परीक्षण भएका छन् । आरडिटी विधिबाट ७५ हजार ७२ वटा परीक्षण भएको उनले बताए ।

पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २ हजार ४ सय ८८ र आरडिटी विधिबाट ३ हजार ६ सय १० वटा परीक्षण भएका छन् । प्रदेश नम्बर १ मा ९ हजार ६ सय २२, प्रदेश नम्बर २ मा ६ हजार २ सय ३४ र बागमती प्रदेशमा १५ हजार ७ सय ३१ जनाको आरडिटी परीक्षण भएको छ । यसैगरी गण्डकी प्रदेशमा ७ हजार १८, प्रदेश नम्बर ५ मा ९ हजार ७ सय ३९, कर्णाली प्रदेशमा ७ हजार ६ सय ३४ र सुदूरपश्चिम प्र्रदेशमा १९ हजार ९४ वटा आरडिटी परीक्षण भएको उनले बताए ।

प्रदेश नम्बर ५ मा १४ हजार २ सय ६२ गरी देशभरी २३ हजार २ सय २ जना क्वारेन्टाइनमा रहेका छन् । मन्त्रालयले स्वइच्छाले पीसीआर परीक्षण गराउन चाहानेहरुका लागि अहिलेसम्म शूल्क निर्धारण नभएको जनाएको छ । सरकारी तथा सामुदायिक अस्पतालले तोकिएको दररेटमा परीक्षण गराउन पाउने नीतिगत निर्णय अहिलेसम्म शूल्क निर्धारण नभएको प्रवक्ता डा. देवकोटो बताए । संक्रमितको संख्या बढिरहेका कारण पीसीआर परीक्षणको दायरा बढाउन यस्तो निर्णय गरिएको उनले बताए ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top