थप ७ जनामा कोरोना संक्रमण, संक्रमित झापा, धनकुटा र धरानका

७ जेठ, विराटनगर ।
प्रदेश १ मा ६६ जनालाई कोभिड—१९ पुष्टि भएको छ । आज थप ७ जनामा कोभिड—१९ पुष्टि भएको हो । प्रदेश प्रयोगशालामा गरिएको परीक्षणमा झापाका ५, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको प्रयोगशालमा धनकुटामा १ र धरानमा १ जनालाई कोभिड—१९ पुष्टि भएको हो ।

Advertisement

२६ जना कोभिड—१९ पुष्टि भएका संक्रमितहरु निको भएर घर फर्किएका छन् । प्रदेश १ मा कोरोना टेष्टको दायरा बढेसँगै संक्रमितको संख्या पनि दिनहुँ थपिन थालेको छ । प्रदेश १ मा तीन ठाउँबाट पिसिआर परीक्षण भइरहेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कका अनुसार बुधबारसम्म पिसिआरबाट ३ हजार सात सय ७ जनाको परीक्षण भएको छ । आरडीटीबाट ९ हजार ८ सय ३७ जनाको परीक्षण भएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top