×

NEPAL TIMES UPDATES

Playing
यु*द्धमा असहयोग गरेको भन्दै नेटोलाई दण्ड दिने ट्रम्पको तयारी || Nepal Times
Apr 25, 2026
Playing
World News: नेतन्याहुलाई क्यान्सर, दक्षिण एसियाली बेहुली अब ‘वान ग्राम गोल्ड’तर्फ || Nepal Times
Apr 25, 2026
Playing
Top 15 Afternoon News || April-25-2026 || Nepal Times
Apr 25, 2026
Playing
नेतन्याहुले ट्रम्पलाई घुमाए, भ्रममा पारेर इरानमा फसाए|| Nepal Times
Apr 25, 2026
Playing
समाजसेवीको आवरणमा आर्थिक अपराध? शेखर गोल्छा किन प क्राउ परे ? || Nepal Times
Apr 25, 2026
Playing
अवैध घरटहरा हटाउन ४ हजार बढी जनशक्ति परिचालन|| Nepal Times
Apr 25, 2026
Playing
एकातिर वार्ता, अर्कातिर इरानी डुंगालाई देख्नेबित्तिकै गोली हा न्ने आदेश || Nepal Times
Apr 25, 2026
Playing
माननीय विश्वराजलाई मान पुगेन,महावीरले भने कि माफी माग कि फिर्ता बोलाउ|| Nepal Times
Apr 25, 2026
Playing
बस्ती खाली गरियो, सुकुम्बासीलाई कहाँ लगियो ?|| Nepal Times
Apr 25, 2026
Playing
अन्तरजातीय प्रेम विवाह, बालविवाहको मुद्दामा हिरासतभित्रै मृ त्यु || Nepal Times
Apr 24, 2026

श्रमिकको तलब सम्बन्धमा त्रिपक्षीय छलफल : आधा अहिले र आधा पछि ?

९ जेष्ठ २०७७

 ९ जेठ, काठमाडौं । बन्दाबन्दीको समयमा चैत महिनाको पूरै तलब र वैशाख महिनाको आधा अहिले र आधा पछि दिनेगरी तलब वितरण गर्नुपर्ने सरकारले  निर्णय गरेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोभिड १९ का कारण उद्योग कलकारखाना सबै बन्द हुँदा श्रमिक कामविहीन भएकाले रोजगारदाता र श्रमिक दुवै पक्षको हितमा यस्तो निर्णय गरिएको जनाएको छ ।

उद्योगी व्यवसायीले लकडाउनका कारण उद्योग व्यवसाय बन्द भएको अवस्थामा श्रमिकलाई तलब दिन नसकिने बताउँदै आएका छन् । श्रम मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले देशमा लकडाउन सुरु (चैत ११ गते) देखि नै अत्यावश्यकबाहेकका अन्य उद्योग बन्द भएको हुँदा बन्द रहेका उद्योगमा काम गर्नेलाई चैत महिनाको पूरै र वैशाख महिनाको अहिले ५० प्रतिशत तलब दिनुपर्ने निर्णय गरेको जानकारी दिए । उनले भने, “रोजगारदाताले श्रमिकलाई वैशाख महिनाको तलब अहिले आधा मात्रै दिए पनि उद्योग खुलेपछि भने बाँकी ५० प्रतिशत दिनुपर्ने हुन्छ ।”

Advertisement
Advertisement

उद्योगी र श्रमिकका नेता पनि यस विषयमा सकारात्मक भएकाले सबै पक्षसँग छलफल गरेर उपयुक्त निर्णय निकाल्न पहल भइरहेको पनि प्रवक्ता घिमिरेले जानकारी दिए । उनले कोभिड १९ ले निम्त्याएको समस्या समाधान गर्न एक्लो सरकारबाट मात्रै सम्भव नहुने भएकाले निजी क्षेत्र र टे«ड युनियनले सरकारलाई साथ दिनुपर्ने आवश्यकता औँल्याए । उनका अनुसार रोजगारीमा देखिएको समस्या समाधान गर्न सरकारले आगामी वर्षको बजेटमार्फत उद्योग प्रतिष्ठानका लागि राहतका कार्यक्रम ल्याउने तयारी भइरहेको छ । यसमा रोजगारदाताले सकेसम्म पहलकदमी लिने र असङ्गठित क्षेत्रका श्रमिकका लागि स्थानीय तहसँग समन्वयमा राहत वितरण गर्ने तयारी भइरहेको पनि उनले जानकारी दिए ।

सरकारले चैत महिनाको पूरै तलब दिन भनेर उद्योगलाई निर्देशन दिए पनि श्रमिकले चैत महिनाको ३० प्रतिशत मात्रै तलब पाएका छन् । नेपाल उद्योग वाणिज्य महासङघ रोजगारदाता परिषद्का सभापति चन्दप्रसाद ढकालले सबै उद्योगधन्दा गएको चैतदेखि नै बन्द भएकाले हाल श्रमिकलाई ५० प्रतिशत तलब दिनसक्ने अवस्था नरहेको बताए । उनले उद्योग नै रहेनन् भने देशको अर्थतन्त्र तहसनहस हुने, श्रमिकको रोजगारी गुम्ने र श्रमिक भएनन् भने उद्योग सञ्चालन गर्न नसकिने भएकाले यो अवस्थामा तीन पक्षले नै केही प्रतिशत त्याग गरेर अहिलेको समस्या समाधान गरिनुपर्ने बताए ।

विवाद समाधान गर्ने उद्देश्यले सरकारको नेतृत्वमा रोजगारदाता, ट्रेड युनियन तीनै पक्ष सम्मिलित १५ सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा सरकारका तर्फबाट अर्थ, श्रम, उद्योग र कृषि मन्त्रालयका पाँच जना प्रतिनिधि, निजी क्षेत्रका तर्फबाट नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई)को नेतृत्वमा पाँच–पाँच जना प्रतिनिधि र श्रमिकका तर्फबाट संयुक्त टे«ड युनियन समन्वय केन्द्रको नेतृत्वमा पाँच जना गरी १५ जना सम्मिलित कार्यदल बनेको छ । कार्यदलले नियमित छलफल गरिरहेको भए पनि अहिलेसम्म निचोडमा पुगिसकेको छैन ।

Advertisement

आजको गोरखापत्र दैनिकमा समाचार छ ।

भर्खरको समाचार

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

सम्बन्धित खबरहरु

Scroll to Top